Prakash Adhikari July 21, 2021

 

चितवनकी देवी कँडेललाई पुरुष बनाइदियो पासपोर्ट विभागले तर सकुशल जापान पुगिन

टोकियो(जापान), ६ साउन । नेपालको परराष्ट्र मन्त्रालयको पासपोर्ट विभागले पुरुष बनाइदिएकी एक नेपाली महिला सकुशल जापानको राजधानी टोकियो आइपुग्नुभएको छ ।

चितवन जन्मस्थान भएकी नागरिकता न ३९५९९ भएकी देवी कँडेल शनिवार टोकियो उत्रिनुभएको हो ।

उहाँको ०८४३५७१९ नम्बरको पासपोर्टमा विवरण भर्ने क्रममा लिंग लेख्ने ठाउँमा M (एम,मेल अर्थात पुरुष) उल्लेख भएको छ ।

यो घट्नाले नेपाल र जापानको परराष्ट्र मन्त्रालय र गृहमन्त्रालय अन्तरगतको अध्यागमन विभागमा भएका कमजोरीहरु उजागर गरेको छ ।

महिलाको फोटो देख्दा देख्दै नेपालको राहदानी वितरण गर्ने परराष्ट्र मन्त्रालयका कर्मचारीले कसरी पुरुष लेखे ? महिलाको फोटो र पुरुष लिंग उल्लेख भएको पासपोर्ट पेश गरेर भिसाको आवेदन दिंदा काठमाडौस्थित जापानी राजदूताबासले कसरी इन्टरभ्युमा बोलायो र भिसा स्वीकृति दियो ? उहाँ जापान आउने क्रममा संबन्धित हवाईजहाजका कर्मचारीले कसरी बोर्डिड. पास दिए,? उहाँले कसरी नेपालको अध्यागमन पार गर्नुभयो ?र जापान आएपछि पनि अध्यागमनले उहाँलाई किन रोकेन ? भन्ने प्रश्न जापानका कार्यरत नेपालीले उठाएका छन् ।

नेपाल र जापान दुवैतिर विभिन्न बाहनामा कामदारहरु ल्याउने र लैजाने शक्तिशाली समूहहरु रहेको र उनीहरुले चाहेका व्यक्तिहरु सजिलैसंग जापान छिर्न सक्ने अवस्था रहेको यहाँका नेपालीहरु बताउछन् ।

यो घट्नाले नेपालको मात्र नभई जापानको प्रशासन खास गरी परराष्ट्र र अध्यागमन विभाग हावा तालमा चलेको पुष्टि गरेको छ ।

घुसखोरी र सेटिड.को रोग नेपालमा मात्र होइन जापानमा पनि उत्तिकै छ ।

Share Now

Leave a comment.