Prakash Adhikari July 26, 2021

काठमाडौं, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माधव नेपाल पक्षले पार्टीलाई एकताबद्ध बनाउन द्धिअध्यक्षात्मक प्रणालीको अबलम्बन र आपसी आरोप प्रत्यारोपको अन्त अनिवार्य रहेको निष्कर्ष निकालेको छ ।

सोमबार बसेको नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले द्धिअध्यक्षका रुपमा काम गर्नेगरी आगामी महाधिवेशनसम्म जाने प्रस्तावलाई एकताको आधार बनाउन सकिने बैठकमा छलफल भएको थियो ।

एमालेलाई विभाजित हुन नदिन माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव ओली समूहका नेताहरुले ल्याएका छन् । यो प्रस्तावमा माधव नेपाल पक्षका केही नेताहरु सकारात्मक छन तर वरिष्ठ नेता नेपालले यसमा सहमति जनाउनुभएको छैन ।

वरिष्ठ नेता नेपालले १० बुँदे सहमति अमूर्त भएको भन्दै ठोस सहमतिको प्रस्ताव ल्याउन आफूनिकट नेताहरुलाई आग्रह गरिरहनुभएको छ ।

 

Share Now

Leave a comment.