Prakash Adhikari July 28, 2021

सिड्नी(अष्ट्रेलिया), १३ साउन(बीबीसी) । अष्ट्रेलियाका अन्य राज्य र शहरहमा कोभिड१९ को सङ्क्रमण जोखिमले लगाइएको निषेधाज्ञा हटाइदै गर्दा न्यूसाउथ वेल्स राज्यको राजधानी मानिएको सिड्नीमा अर्को एक महिनाका लागि लकडाउन थपिएको छ।

अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर मानिएको सिड्नीमा डेल्टा भेरिअन्ट फैलिएपछि गएको जून महिनाको अन्त्यबाट घरमा नै बस्न आदेश दिइएको छ।

यस वर्षको खराब महामारीले सिड्नीमा २ हजार ५ सय व्यक्तिलाई सङ्क्रमित बनाएको छ।

सिड्नी राजधानी रहेको न्यू साउथ वेल्समा बुधवार १ सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ। उक्त सङ्ख्या मार्च २०२० यताकै सर्वाधिक हो।

निषेधाज्ञा


न्यू साउथ वेल्सकी प्रिमिअर ग्ल्याडेस बेरजिक्लियनले यसअघि योजना गरिए जस्तै गरी शुक्रवारबाट लकडाउन अन्त्य गर्नु सिड्नीका लागि सम्भव नभएको बताउनुभयो।

बेरजिक्लियनले आवतजावतमा थप निषेधाज्ञा घोषणा गर्नुभएको छ जसमा अत्यावश्यक सामग्री खरिदका लागि १० किलोमिटरसम्म जान पाइने सीमा तोकिएको छ।

साना स्तरको महामारी नियन्त्रणमा लिएका भिक्टोरीया र साउथ अष्ट्रेलिया दुवैले बुधवारबाट लकडाउन अन्त्य गरेका थिए।

सिड्नीका ५० लाख बासिन्दाले यो वर्ष महामारी देखापर्नु अघिसम्म साधारण खालकै जीवनशैली अपनाएका थिए।

सीमा नियन्त्रण र आगन्तुकहरूलाई होटल क्वारन्टाइन सहितको व्यवस्था गरेर अन्यन्त्र महामारी देखा पर्दा पनि अस्ट्रेलियाले सङ्क्रमण दर न्यून नै राखिराखेको छ।

राज्य सरकारहरूले महामारी नियन्त्रणका लागि लकडाउन लगाउने क्रममा आक्रामक पहिचान प्रणाली अवलम्बन गरी थप सङ्क्रमित खोज्ने प्रयास पनि गरेका छन्।

सिड्नी

सिड्नी

सिड्नीको लकडाउन अगस्टको अन्त्यसम्म लम्ब्याइएको छ

अघिल्लो वर्षमा झन्डै एक दर्जनभन्दा बढी प्रतिबन्धात्मक व्यवस्था लागु गरिएका थिए।

तर विज्ञहरूले सिड्नीको निषेधाज्ञा सेप्टेम्बर वा त्योभन्दा पछिसम्म जारी रहन सक्ने चेतावनी दिएका छन्।

अधिकारीहरूले सङ्क्रमण दर शून्य नजिकै नभएसम्म सिड्नीलाई पुनस् खुला गर्न नसकिने बताइरहेका छन्।

अघिल्लो हप्तामा तीनमध्ये कम्तीमा एउटामा समुदाय स्तरको सङ्क्रमण रहेको पाइएको थियो

प्रदर्शन
अत्यावश्यक क्षेत्रका काम र खरिदलाई कारण मानिएको छ।

कडा रूपमा लगाइएको लकडाउनले समुदायमा कतिपयलाई आक्रोशित बनाएको छ।

सप्ताहान्तमा कैयौँ मानिसले त्यसको विरोधमा सिड्नी, मेलबर्न र अरू सहरहरूमा प्रदर्शन गरेका थिए।

फेब्रअरीमा सुरु भएको अष्ट्रेलियाको खोप कार्यक्रमको कमजोरीलाई पनि यसले औँल्याएको छ।

अस्ट्रेलियाको वयस्क जनसङ्ख्याको १६ प्रतिशतभन्दा थोरै बढीले खोप लगाएका छन्।

आलोचकहरूले सङ्घीय सरकारले फाइजर खोप सुनिश्चित गर्न सरकार विफल भएपछि यस्तो अवस्था आएको आरोप लगाएका छन्।

अस्ट्राजेनेकाको खोपका कारण दुर्लभ प्रकारको रगत जम्ने समस्या देखिने भन्नेबारे प्रवाह गरिएका मिश्रित सन्देशहरूले पनि प्रभाव पारेको ठानिएको छ।

राष्ट्रिय नियामक निकायले अस्ट्रेलियामा ठूलो क्षमतामा भण्डारण गरिएको अस्ट्राजेनेका खोप सिड्नीका बासिन्दालाई आग्रह गर्दै निर्देशिकालाई अद्यावधिक गरेको छ।

खोपको प्रभावकारी व्यवस्थापन नभएको भन्दै महिनौँ भएको आलोचनापछि अघिल्लो महिना प्रधानमन्त्री स्कट मोरिसनले माफी माग्नुभएको थियो।

Share Now

Leave a comment.