Prakash Adhikari July 29, 2021

काठमाडौं, १४ साउन । काठमाडौं महानगरपालिकामा आजदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइदै छ।

चीनबाट ल्याइएको खोप भेरोसेल लगाउन लागिएको महानगरले जनाएको छ।

यसअघि छुटेका ५० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइने भएको छ।

खोप लगाउनका लागि काठमाडौं महानगरका ३२ वटै वडामा खोप केन्द्र तोकेको छ। ज्येष्ठ नागरिकलाई खोप लगाउन सहज होस भनेर महानगरका सबै वडामा खोप केन्द्र तोकिएको शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले बताउनुभएको छ।

यसअघि छुटेका ५० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउन महानगरले अनुरोध गरेको छ।

शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले एक सूचना जारी गरि खोप लगाउनका लागि आफ्नो परिचय खुल्ने नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र वा वडाबाट उमेर प्रमाणित हुने कागजपत्र लिएर आउन आग्रह गर्नुभएको छ।

खोप आज बिहान १० बजेदेखि बेुलका ५ बजेसम्म लगाइने महानगरले जनाएको छ।

 

Share Now

Leave a comment.