काठमाडौं,११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गरेकाछन् ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले एमाले पोलिटव्यूरो सदस्य रिमाललाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रिमालले ओलीको अघिल्लो कार्यकालमा पनि राजनीतिक सल्लाकारको भूमिका निर्वाह गरेका थिए ।
बैठकले मन्त्रालयहरुको संख्या घटाएर १७ वटा कायम गर्ने निर्णय पनि गरेको छ ।
प्रमुख राजनीतिक सल्लाहकार रिमालले के पी ओलीलाई पहिलो कार्यकालमा पनि सोही पदमा रहेर सहयोग पुर्याएका थिए ।