काठमाडौं, ११ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश पठाएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले ओलीलाई नेपालको प्रधानमन्त्री भएकोमा बधाई दिएका हुन्।
प्रधानमन्त्री ओलीलाई पठाएको बधाइ सन्देशमा अमेरिकी राष्ट्रपति ट्रम्पले ऐतिहासिक रूपमा तीन तहका चुनाव सफलतापूर्वक सम्पन्न हुनुले नेपालको समावेशी लोकतान्त्रिक शासनतर्फको प्रतिवद्धता प्रमाणित गरेको कुरा उल्लेख छ ।
बधाई सन्देशमा ट्रम्पले आफू दुई देशबीचको साझोदारी बढाउन र स्थायीत्व, सुशासन र दिगो आर्थिक विकासमा सहयोग गर्न तयार रहेको व्यहोरा उल्लेख भएको परराष्ट््र मन्त्रालयले जनाएको छ ।