Prakash Adhikari February 23, 2018

 

काठमाडौं, ११ फागुन । विश्वकप छनोट प्रतियोगिता खेल्न छानिएको नेपाली क्रिकेट टोलीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसंग विदाई भेट गरेको छ ।

सरकारको शुभकामना लिन बालुवाटार पुगेको विश्वकप छनोट खेल खेल्ने नेपाली क्रिकेट टोलीलाई एक कार्यक्रमका बीचमा प्रधानमन्त्रीले सरकारले घोषणा गरेको जनही ३ लाख रुपैयाँको चेक पनि हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री ओलीले मदन भण्डारी स्पोर्ट्स एकेडेमीले घोषणा गरेको जनही १ लाख रुपैया नगद पनि हस्तान्तरण गरेका थिए ।

प्रधानमन्त्री ओलीले आफ्नो ६७औं जन्मदिनको खुशी नेपालको इज्जत राख्दै आएको क्रिकेट टीमका खेलाडी र प्रशिक्षकसंग पनि साटासाट गरे । उनले नेपाली क्रिकेट टिमका कप्तान पारसलाई जन्मदिनको केक नै खुवाएका थिए ।

कार्यक्रममा नेपाली टीमका कप्तान पारस खड्काले खेलाडीहरु राष्ट्र्का लागि खेल्ने भएकोले उनीहरुलाई राजनीतिक विचारको आधारले हेर्न नहुने धारणा राख्दै प्रधामन्त्री ओलीलाई जन्मदिनको शुभकामना पनि दिएका थिए ।

उनले प्रधानमन्त्री ओलीको कार्यकालमा राष्ट्र्यि क्रिकेट रंगशाला र फूटबल रंगशाला बनोस् भन्ने शुभेच्छा पनि दिएका थिए ।

विश्वकप क्रिकेट लिग डिभिजन दुईको शीर्ष दुईभित्र रहन सफल नेपाली क्रिकेट टोलीका १४ खेलाडी र प्रशिक्षकलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो।
यस्तै मदन भण्डारी स्पोर्ट एकेडेमीले जनही १-१ लाख दिने घोषणा गरेको थियो।

Share Now

Leave a comment.