Prakash Adhikari August 6, 2021

काठमाडौं , २२ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७८ श्रावण २८ गते दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने भएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने जानकारी दिनुभएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

पौडेल पक्षको सभापति भेला २५ गते

भदौ १६ गते हुने निर्धारित महाधिवेशनको कार्यतालिका क्रियाशील सदस्यताको विवादले प्रभावित भएकोले पार्टीको वैधानिकता जोगाउने उपायबारे छलफल गर्न पार्टीभित्र सभापति शेरबहादुर देउवांसंग विमति राख्ने समूहको तर्फबाट रामचन्द्र पौडेल समूहले आफूपक्षीय जिल्ला सभापतिहरुको भेला २५ गते काठमाडौंमा बोलाएको छ ।

काठमाडौँमा उपलब्ध जिल्ला सभापतिहरूलाई महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा छलफल गर्न २५ गतेका लागि बोलाइएको भनिए पनि १४ औं महाधिवेशनका सन्दर्भमा पार्टीको आगामी बैठकमा सुझाव प्रस्तुत गर्नका लागि सो बैठक महत्वपूर्ण हुने बताइएको छ ।

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले शुक्रवार नै चितवनको एक कार्यक्रममा पूर्वनिर्धारित मितिमा पार्टीको महाधिवेशन संभव नभएको र अब मङ्सिरमा मात्र हुने स्थिति रहेको बताउनुभएको थियो ।

Share Now

Leave a comment.