काठमाडौं, २२ साउन । देशमा कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले निकट भविष्यमा हुन लागेको कक्षा १२ सहित उच्च माध्यमिक र उच्च शिक्षाका सबै तहका परीक्षाहरु स्थगित गर्न शिक्षा मन्त्रालय र सीसीएमसीलाई शिफारिस गरेको छ ।
शुक्रबार साँझ स्वास्थ्य राज्य मन्त्रीले आफ्नो ट्वीटर एकाउण्टमार्फत यो जानकारी दिनुभएको हो ।
कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु।
— Umesh Shrestha (@umesh_1956) August 6, 2021
“कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु।”, राज्यमन्त्री श्रेष्ठले भन्नुभएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि भाद्र ९ गतेसम्म कक्षा १२ को परीक्षा तालिका निर्धारित गरेको थियो भने विभिन्न विश्वविद्यालयहरुले पनि विभिन्न तहको परीक्षा तालिका सार्वजनिक गरेका थिए ।


















