काठमाडौं, २२ साउन । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राखेर आज शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीमा धर्ना दिएको छ ।
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न र शिक्षकलाई गरेको विभेदको अन्त्य गर्ने शिक्षा ऐन ल्याउनुपर्ने, सङ्घीय शिक्षा ऐन जारी गर्नुपर्ने, स्थायी भएका शिक्षकको पेन्सन तथा बढुवामा अस्थायी अवधिको गणना गर्नुपर्ने, शिक्षामा २० प्रतिशत बजेटको व्यवस्था गर्नुपर्नेलगायतका मागसहित गत वैशाख २० गतेदेखि ३४ सुत्रीय माग राखी महासङ्घले आन्दोलन गर्दै आएको छ ।
महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले महासङ्घको ३४ सुत्रीय माग पूरा नभए सडक आन्दोलन सुरु गर्ने बताउनुभयो । सरकारले माग पूरा नगरे चौथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उहाँले बताउनुभयो । –––


















