बीरेन्द्रनगर(सुर्खेत), १२ फागुन । प्रदेश नम्बर ६ ले आफ्नो नाम र राजधानीको नामको टुङ्गो लगाएको छ। ६ नम्बर प्रदेशको नाम ‘कर्णाली’ राखिएको र राजधानी सुर्खेत तोकिएको छ।
शनिबार बसेको प्रदेश सभाको चौथो बैठकले ६ नं. प्रदेशको नाम ‘र राजधानीलाई सर्वसम्मतिले टुङ्गो लगाएको छ।
वैठकमा ६ नं प्रदेशको नाम कर्णाँली राख्न एमालेका संसदीय दलका नेता यमलाल कँडेलले प्रस्ताव गरेका थिए । यो प्रस्तावको समर्थकमा नेपाली काँग्रेसबाट सांसद् जीवनबहादुर शाही, माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोशिला शाही रहेका थिए ।
राजधानी सुर्खेत बनाउन नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रस्ताव गरेका थिए ।
एमालेबाट सांसद् अमर थापा, माओवादीका तर्फबाट नरेश भण्डारी र राप्रपाका तर्फबाट सांसद् सोशिला शाहीले उक्त प्रस्तावको समर्थन गरेका थिए ।
नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको पूर्ववर्ति सरकारले ६ नं प्रदेशको अस्थायी राजधानीका रुपमा सुर्खेतको वीरेन्द्रनगरलाई तोकेको थियो । बीरेन्द्रनगर अब स्थायी राजधानी हुने भएको छ ।