आबुधावी(युएई), १२ फागुन । संयुक्त अरब इमिरेट्सको आबुधावीमा प्यासिफिक एसिया ट्राभल्स एसोसिएसन (पाटा) को एड्भेन्चर एन्ड रेस्पोन्सिबल टुरिजम सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनमा नेपालबाट नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्ड (एनटिबी) सहित शाहसिक पर्यटन सम्बद्ध ट्राभल एजेन्सीहरुले सहभागिता जनाएका छन।
नेपाल लगाएत अन्य एसियाली मुलुकमा एड्भेन्चर तथा लग्जरी पर्यटन प्रबर्द्धन तथा विकास गर्ने उदेश्यले गरिएको उक्त सम्मेलनमा नेपाल एयरलाइन्स र टुरिजम बोर्ड लगाएत होटल सोल्टी क्राउन प्लाजा, हिमालयन ट्रेक, कैलाश ट्रेक एन्ड होटल गरि एक दर्जन नेपाली ब्याबसायी कम्पनीहरुले सहभागिता रहेको छ।
सम्मेलनमा भारत, चीन, थाइल्यान्ड, भुटान,जापान,मलेसिया, हङकङ, अमेरिका, रुस लगाएत एसिया प्रशन्त क्षेत्रका २० भन्दा धेरै देशहरुका पर्यटन ब्याबसायीहरुको सहभागिता रहेको थियो।
आबुधावी टुरिजम बोर्डको आयोजनामा गत बुधबार देखि शुरु भएको उक्त सम्मेलनमा सहभागीहरुले आ आफ्नो देशका पर्यटकीय स्थान, ऐतिहासिक तथा धार्मिक पुरातत्त्व, भेषभूषा प्रर्दशनीमा राखेका थिए।
सहभागीहरुले अन्य मुलुकका पर्यटकहरुलाई आफ्नो देशको बारेमा जानकारी गराएका थिए।
सम्मेलनमा आबुधावी टुरिजम बोर्डका कार्यकारी निर्देशक एच.ई सुल्तन अल मुतवा अल दायरीको विशेष आतिथ्यता रहेको थियो।
सम्मेलनमा नेपाल वायुसेवा निगमका निर्देशक रबिन्द्र श्रेष्ठ, नेपाल पर्यटन बोर्डका प्रबन्धक अर्चना केसी राना,नेपाल वायुसेवा निगमका युएई म्यानेजर रमेश पौडेल,पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिह बुडाल लगाएत अन्य ट्राभल एन्ड टुरिजम र होटल ब्याबसायीहरुको सहभागी भएका थिए।
सम्मेलन फ्रेबुअरी २१ देखि २३ सम्म युएर्इको आबुधावीस्थित अलएेनमा भएको थियो।