Prakash Adhikari February 24, 2018

 

काठमाडौं, १२ फागुन । आगामी महिना जिम्बाबेमा आयोजना हुने विश्वकप छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्न २१ सदस्यीय नेपाली क्रिकेट टोली आज (शनिवार) राती १०ः४५ मा जिम्बाबेतर्फ प्रस्थान गर्दैछ।

आगामी मार्च ४ देखि जिम्बाबेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट “फ्लाई दुबई” विमानबाट जिम्बाबे जाने नेपाली टोली आईतवार साँझ स्थानीय समय अनुसार ५स्१५ जिम्बाबेमा अवतरण गर्नेछ।

जिम्बाबे जाने २१ सदस्यीय नेपाली टोलीमा बिश्व क्रिकेट लिग डिभिजन(२ मा रहेका१४ सदस्य, थप १ खेलाडी ललित राजबंशी सहित १५ जना खेलाडी तथा ६ जना सपोर्ट स्टाफ हुनेछन् ।
नेपाली टोलीको प्रशिक्षक जगत टमाटा रहेका छन् भने ब्याटिंग कन्सल्टेन्टको रुपमा भारतीय प्रशिक्षक उमेश पटवाल रहेका छन्।

विश्वकप छनौट प्रतियोगितामा नेपालले पहिलो खेल मार्च ४ तारिखमा घरेलु टोलि जिम्बावे बिरुद्द खेल्दै छ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हंगकंगको सामना गर्नेछ।

प्रतियोगिता अघि नेपालले २ वटा अभ्यास खेल समेत खेल्नेछ। संयुक्त अरब एमिरेट्स (युएई) बिरुद्द नेपालले २७ फेब्रुअरीमा पहिलो अभ्यास खेल खेल्ने तालिका रहेकोछ। दोश्रो अभ्यास खेलमा १ मार्चमा नेपालले हंगकंगको सामना गर्नेछ।

जिम्बाबे जाने नेपाली टोली 

पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, करन केसी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्रसिंह ऐरी, दिलिप नाथ, ललित भण्डारी, रोहित कुमार पौडेल, अनिल कुमार साह र ललित राजबंशी

रमन शिवाकोटी ( टिम ब्यबस्थापक र टेक्निकल एनालिस्ट )
जगत टमाटा (मुख्य प्रशिक्षक )
दिनेश भट्ट ( फिजियो )
सुबाश पत्रो ( ट्रेनर )
उमेश पटवाल ( ब्याटिंग कन्सल्टेन्ट )
सुरज शाक्य ( भिडियो एनालिस्ट )

Share Now

Leave a comment.