Prakash Adhikari August 15, 2021

काठमाडौं, ३१ साउन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज धितोपत्र बजार परिसूचक २४.५७ अङ्कले घटेर ३१५४.३३ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९० बिन्दुले घटेर ५८९.२८ मा पुगेको छ ।

आज कूल २ सय २२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६ सय ८८ कित्ता शेयरको किनबेचबाट रु २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रुपैयाको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ ।

आज उत्पादन १६०.२३, लघुवित्त ११५.१२ र लगानी ०.६६ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ७..१५, व्यापार ३६.५, होटल तथा पर्यटन ६६.०४, विकास बैंक १६०.१३, जलविद्युत् १५७.४१, वित्त ८७.०५, निर्जीवन बीमा २२४.६२, अन्य ४०.१४, जीवन बीमा १९१.१२ र सामुूहिक लगानी कोष ०.१३ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १ अर्ब ५ करोड ४६ लाख ७८ हजार ८ सय १५ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु ७९ करोड २५ लाख ४२ हजार ८ सय ३१, अपि पावर कम्पनी रु ७० करोड २७ लाख १८ हजार ६ सय ८५, रिडी हाइड्रोपावर रु ५९ करोड ४७ लाख ४५ हजार ५ सय ९९ र अरुण भ्याली हाइड्रोपावर रु ५७ करोड ६० लाख ६७ हजार ४ सय ३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

तीन कम्पनीको शेयरमा सर्किट

नेप्से ओरालो लागे पनि आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोपावर,जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ । यस्तै आइसिएफसी फाइनान्स ९.५६ र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका शेयरधनीले ८.९७ प्रतिशतले कमाएका छन् ।

यसैगरी, एनआइबिएल प्रगति फण्ड ८.५४, रिडी हाइड्रोपावर ८.५२, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी ७.८८, रसुवागढी हाइड्रोपावर ६.३४ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका लगानीकर्ताले ६.०७ प्रतिशतले गुमाए ।

साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब ६ अर्ब ७ करोड ९८ लाख ३१ हजार ८ सय ३१ बराबर पुगेको छ ।

Share Now

Leave a comment.