काठमाडौं, ४ भाद्र । बितेका २४ घण्टामा नेपालमा थप ३ हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या ७ लाख ४४ हजार ३ सय ७ पुगेको छ ।
थप १० हजार ५ सय ३० जनाको पीसीआर परीक्षण तथा ७ हजार १ सय २४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।
पीसीआर विधिबाट २ हजार ७९ तथा एन्टिजेनबाट ९ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म ६ लाख ९३ हजार ५ सय ४३ जना कोरोनाबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २ सय ४४ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
निको हुने दर ९३ दशमलव एक प्रतिशत रहेको छ ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३ सय ९ रहेको छ ।
बितेका २४ घण्टमा देशभर १ लाख ८० हजार २८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ७ सय १४ सङ्क्रमितको सघनउपचार कक्षमा तथा १ सय ७१ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
उपत्यकामा ८ सय ९८
काठमाडौँ उपत्यकामा पछिल्लो समय ८ सय ९४ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ६ सय ४, ललितपुरमा १ सय ८७ तथा भक्तपुरमा १ सय ७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ८ सय
६७, भक्तपुरमा १ हजार ४ सय ७४ तथा ललितपुरमा २ हजार २ सय ९० रहेको छ ।
पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २६ सङ्क्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ४ सय ५५ पुगेको मन्त्रालयले जनाएको छ ।