काठमाडौं, ११ भाद्र । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको रिटमाथि सुनुवाइ गर्न बस्ने संवैधानिक इजलासबाट अलग हुने निर्णय गर्नुभएको छ।
जबरालाई उक्त मुद्दामा स्वार्थ बाझिने भन्दै शुक्रबार रिट निवेदकहरुले इजलासमा नबस्न दबाब दिएपछि उहाँ इजलासबाट हटन राजी हुनुभएको हो।
निवेदनमाथिको सुनुवाइबाट प्रधानन्यायाधीश अलग हुने कि नहुने भन्नेबारे लामो बहसपछि जबराले रिट निवेदनको पेसी तोक्ने अधिकार वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीलाई दिनुभएको छ।
यस्तै मुद्दाको फैसला हुने दिन पनि प्रधानन्यायाधीश जबरा बिदामा बस्ने हुनुभएको छ।
यसअघि इजलासमा रिट निवेदक ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न निरन्तर सुझाव दिंदै आउनुभएको थियो।
संवैधानिक परिषदमा पदाधिकारी नियुक्तिमा प्रधानन्यायाधीश पनि संलग्न रहेको भन्दै इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि संवैधानिक इजलासका न्यायाधीशहरुबीच छलफल चलेको थियो ।
संवैधानिक परिषदले गरेका नियुक्ति खारेजीसम्बन्धी मुद्दाको पेशी अब राणाबिनाको संवैधानिक इजलासमा अर्को शुक्रबारलाई तोकिएको छ।