Prakash Adhikari August 29, 2021

 

काबुल(अफगानिस्तान), १३ भाद्र । काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठूलो विस्फोटनको आवाज सुनिएको विभिन्न विवरणहरू सार्वजनिक भएका छन्।

सामाजिक सञ्जालमा पोस्ट गरिएका केही तस्बिरहरूमा धुवाँको कालो मुस्लो देखिएको छ।

विस्फोटन भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पुष्टि गरेका छन्।

विस्फोटनको कारण स्पष्ट भइसकेको छैन तर स्वास्थ्य मन्त्रालयका एक जना अधिकारीले विमानस्थल नजिकै रहेको एउटा घरमा रकेट ठोक्किएको जनाएका छन्।

अमेरिकी समाचार संस्था एपीले जनाए अनुसार एक रकेट आक्रमणमा परेर एक बालकको मृत्यु भएको छ भने तालिबानले एक अर्को घटनामा स्थनीय लोक गायक फवाद अन्दारविको हत्या गरेका छन् ।

एपीका अनुसार अमेरिकी सैन्यले काबुल एअरपोर्टलाई निशाना बनाएर विष्फोट गर्न अग्रसर आईएसआईकेका लडाकूहरुले आसारिरहेको विष्फोटक पदार्थलाई लक्षित गर्दै कारबाही गरेको छ ।

अमेरिकी कारबाहीपछि केही सवारी साधनहरुमा लगातार विष्फोटका आवाजहरु आएकोले तिनीहरुले काबुल एअरपोर्टमा विष्फोट गराउन त्यस्ता विष्फोटक पदार्थ बोकेको पुष्टि भएको अमेरिकी र तालिबानीहरुले बताएका छन् ।

केहि समय अघि मात्रै अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा पुनः हमला हुन सक्ने चेतावनी दिनुभएको यिो।

बाइडनले अमेरिकी कमान्डरहरूले आफूलाई चाँडोमा आइतवार नै पनि त्यस्तो हमला हुन सक्ने जानकारी दिएको जनाउनुभएको थियो।

काबुल

काबुल

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई खतरा रहेकाले विमानस्थल क्षेत्रबाट बाहिर रहन भनेको छ।

अमेरिका आफ्ना नागरिकलाई अफगानिस्तानबाट स्वदेश फर्काउने काम गरिरहेको छ। मंगलबारसम्म सबै अमेरिकनलाई फर्कने अन्तिम मिति किटान गरिएको छ ।

ब्रिटेनले भने आफ्ना सैनिकहरू र अधिकारीहरूलाई स्वदेश फर्काइसकेको छ। बेलायतले शनिवार आफ्ना सैनिक र नागरिकहरु फर्काउने कार्य समापन गरेको र अमेरिकीहरुलाई सुरक्षित रुपमा स्वदेश फर्काउन तथा अमेरिकी फर्केपछि एअरपोर्टलाई सुरक्षित रुपमा सञ्चालन गर्न तालिबानहरुले पनि काबुल एअरपोर्टमा सुरक्षाको घेरा बढाउन थालेको बताइएको छ ।

गत बिहीवार विमानस्थल नजिकै भएको एक आत्मघाती हमलामा कम्तीमा १ सय ८० भन्दाबढीको जनाको ज्यान गएको थियो।

अघिल्लो विष्फोटको जिम्मेदारी इस्लामिक स्टेटको स्थानीय शाखा इस्लामिक स्टेटकेले लिएको थियो।

काबुल विमानस्थलमा भएको हमलाको जबाफमा अमेरिकाले शुक्रवार अबेर पूर्वी अफगानिस्तानको नान्गार शहरमा ड्रोन हमला गरेको थियो र उक्त आक्रमणमा आईएसकेका दुई जना सदस्य मारिएको बताएको थियो।

मारिएकाहरू काबुल विमानस्थल बम विस्फोटका रणनीतिकार बताइएको छ।

Share Now

Leave a comment.