Prakash Adhikari August 31, 2021

काठमाडौं, १५ भाद्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गर्नुभएको छ।

सोमबार काठमाडौंमा महानगरपालिका वडा नम्बर ३० मा आयोजित कार्यक्रममा थापाले महामन्त्री पदमा उठ्ने औपचारिक रूपमा घोषणा गर्नुभएको हो।

‘१४ औं अधिवेशनमा म महामन्त्री पदमा उठ्ने घोषणा गर्दछु,’ कार्यक्रमलाई संबोधन गर्दै नेता थापाले भन्नुभयो, ‘मैले वडामै आयोजित कार्यक्रमबाटै घोषणा गरेँ। पार्टीका नेताहरू वा सञ्चार माध्यममा अन्तर्वार्ता दिएर होइन मेरै ठाउँबाट घोषणा गरेँ।’

युवा नेता थापा २०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि महामन्त्रीमा उठ्नुभएको थियो।

त्यसबेला आफ्नै शसुरा अर्जुननरसिंह के.सी. र डा. शशांक कोइरालासँग प्रतिस्पर्धामा उत्रिनुभएका उहाँ पराजित बन्नुभएको थियो ।

२०७२को महाधिवेशनमा तेस्रो धारको रुपमा उदाउनुभएका कृष्णप्रसाद सिटौलाको प्यानलबाट उठ्नुभएका गगन अहिले कुन प्यानलमा पर्नुहुन्छ त्यो भने एकिन भैसकेको छैन ।

कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ।

यस पहिले पार्टीका वर्तमान उपसभापति विमलेन्द्र निधिले आगामी महाधिवेशनमा सभापतिको पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरिसक्नुभएको छ । उहाँले शुक्रबार नयाँबानेश्वरको थापागाउँस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोल्नुभएको थियो ।

Share Now

Leave a comment.