Prakash Adhikari September 2, 2021

काठमाडौं, १७ भाद्र । नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको आज बिहान ७१ वर्षको उमेरमा निधन भएको छ । केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित रहनुभएका उहाँको आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

लामो समयसम्म गृहसचिव रहनुभएका उहाँ एक कुशल प्रशासकका रूपमा चिनिनुहुन्छ । उहाँँका प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना तथा अन्तर्वार्ताहरु प्रकाशन, प्रसारण भएका छन् । उहाँकी श्रीमती र दुई छोरा हुनुहुन्छ । छोरा विदेशमा रहेकाले उहाँ स्वदेश फर्केपछि मात्रै अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*