मस्कट(ओमान), २८ भाद्र । विश्वकप लिग २ अन्तर्गत आज भएको पहिलो खेलमा अमेरिकाले नेपालसमक्ष २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानको मस्कट स्थित अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिंग रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट क्षेतीमा २ सय३० रन बनाउदै नेपाललाई २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
खेलमा टस जितेर ब्याटिड. गरेको अमेरिकाका तर्फबाट मोनाक पटेलले शतक बनाउने कीर्तिमान कायम राखे । उनले ११४ बलमा ९ चौका र १ छक्काका मद्दतले १ सय रन बनाए पटेल अमेरिकाको एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने जस्करन मलहोत्रा पछि दोश्रो ब्याट्सम्यान बनेका छन्।
आजको खेलमा मोनाक पटेलबाहेक अरुले खासै रन जोड्न सकेनन् । खेलमा निसर्ग पटेलले २१, करिमा गोरे र सुशान्त मोदानीले १६, स्टेभेन टेलरले १४, संजय कृष्णमुर्थी र अभिषेक परादकरले समान १३, जस्करन मलहोत्राले ११ रन बनाए।
नेपालको बलिंगमा बिक्रम सोब, सन्दीप लामिछाने र सुशन भारिले समान २ विकेट लिए। कुशल मल्लले १ विकेट लिए। सोमपाल कामी र करन केसी विकेटविहिन रहे।
अहिले नेपालको इनिड. चलिरहेको छ । १६ औं ओभरको अन्त्यमा नेपालले ७८ रन जोडेको छ । यस बीचमा नेपालका ओपनर आसिफ शेखलाई १४ औं ओभरको छैठौ बलमा अमेरिकी खेलाडी केञ्जीगेले २३ रनमा आउट गरेका छन् ।


















