मस्कट(ओमान), २८ भाद्र । विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजितगरेको छ ।
ओमानको मस्कट स्थित अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिंग रोजेको अमेरिकाले दिएको २ सय ३० रनको लक्ष्य नेपालले ६ बल बाँकी रहदै ५ विकेटको क्षतिमा २ सय ३१ रन बनाएर हासिल गर्यो ।
खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेल र रोहित पौडेलले धैर्यतापूर्वक ब्याटिड. सम्हालेकोले नेपालल विजय हासिल गर्न सकेको हो ।
आजको खेलमा ओपनरद्धय आसिफ शेख र कुशल भूर्तेलको साझेदारी राम्रो जम्यो । १४ औं ओभरको अन्तिम बलमा अमेरिकी खेलाडी क्याञ्जीको बलमा पटेलबाट आसिफ क्याच आउट हुनुपूर्व ओपनरद्धय कुशल र आसिफले ६६ रनको साझेदारी गरेको थिए ।
आसिफ २७ रन बनाएर बाहिरिएपछि ब्याट सम्हाल्न कप्तान ज्ञानेन्द्र मल्ल मैदानमा उत्रिए । १४ बलमा १७ रन जोडेका कप्तान मल्ल २१ औं ओभरको पहिलो बलमा पटेलका एलबीडब्यू धरापमा परे । त्यसपछि ब्याट सम्हाल्न रोहित पौडेल मैदानमा उत्रिए रोहित र कुशलको जोडी पनि लामो समय टिक्यो । ३३ औं ओभरको पहिलो बलमा निसर्ग पटेलले कुशललाई पनि एलबीडब्ल्यु धरापमा पारे ।
त्यसपछि मैदानमा कुशल मल्ल उत्रिए । सातौ बलको सामना गर्ने क्रममा उनी क्याच आउट भए । उनले १ रन मात्र जोड्न सके ।
त्यसपछि मैदानमा विनोद भण्डारी उत्रिए । रोहित र विनोदको जोडीले खेललाई धैर्यतापूर्वक अगाडि बढायो । १ सय ४५ रनमा रहेको नेपाली टिमलाई विजयको निकट १ सय २८ रनमा पुर्याएको बेला ४९औं ओभरको दोस्रो बलमा भण्डारी बाहिरिन पुगे ।
त्यसपछि मैदानमा करन के.सी.आए । उनले २ बलको सामना गरे र १ रन जोडे । १ सय २९ रन भएको बेला ४९ औं ओभरको अन्तिम बलमा रोहितले २ रन जोडे र खेलको नतिजा नेपालको पक्षमा पारे ।
नेपाललाई रोक्ने क्रममा अमेरिकका सौरभ नेत्रभालकरले २ र निसर्ग पटेलले १ विकेट लिए । दुई विकेट रन आउटबाट अमेरिकाले हासिल गर्यो ।
प्लेअर अफ दि म्याचको उपाधि नेपालका कुशल भूर्तेलले प्राप्त गरे ।
यस अगाडि टस जितेर ब्याटिड. रोजेको अमेरिकाले निर्धारित ५० ओभरको खेलमा अमेरिकाले ९ विकेट क्षतिमा २ सय३० रन बनाउदै नेपाललाई २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
खेलमा टस जितेर ब्याटिड। गरेको अमेरिकाका तर्फबाट मोनाक पटेलले शतक बनाउने कीर्तिमान कायम राखे । उनले १ सय १४ बलमा ९ चौका र १ छक्काका मद्दतले १ सय रन बनाए पटेल अमेरिकाको एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने जस्करन मलहोत्रा पछि दोश्रो ब्याट्सम्यान बने ।
आजको खेलमा मोनाक पटेलबाहेक अरुले खासै रन जोड्न सकेनन् । खेलमा निसर्ग पटेलले २१, करिमा गोरे र सुशान्त मोदानीले १६, स्टेभेन टेलरले १४, संजय कृष्णमुर्ती र अभिषेक परादकरले समान १३, जस्करन मलहोत्राले ११ रन बनाए।
नेपालको बलिंगमा बिक्रम सोब, सन्दीप लामिछाने र सुशन भारिले समान २ विकेट लिए। कुशल मल्लले १ विकेट लिए। सोमपाल कामी र करन केसी विकेटबिहिन रहे।


















