Prakash Adhikari September 14, 2021

कावासोती, २९ भदौ (रासस) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् ।काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१० , २३ स्मृति पुल नजिक एकआपसमा आज विहान ठोक्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका वडा नं. ८ कि ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीया रंगी तिवारी रहेको प्रहरीले जनाएको छ ।

सुवेदीको भरतपुर अस्पताल र अन्य दुईको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जना गम्भीर, ७ जना मध्यम र १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२-००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएका थिए ।

नयाँ मेडिकल कलेजमा उपचाररत घाइतेहरुको विवरण

  • कञ्चनपुरको बेलपुर बस्ने वर्ष ३२ को चित्रदेव लेखक, टाउकोमा चोट, अवस्था गम्भीर (रा.अ.कर्मचारी) ।
  • जुम्लाको तिला–४ बस्ने वर्ष ३३ को टोपबहादुर शाही, टाउको, मुख र छातीमा चोट, अवस्था गम्भीर
  • बर्दिया बाँसगढी–८ वस्ने वर्ष ८२ को डिल्लीराम सुवेदी, छातीमा भित्री चोट, अवस्था गम्भीर
  • बस चालक कञ्चनपुर कञ्चनपुर नगरपालिका–४ बस्ने वर्ष ४२ को लालविर लोहार, छातीमा भित्री चोट, अवस्था मध्यम
  • ट्रक चालक प्यूठान नगरपालिका–१० बस्ने वर्ष २७ को अमृत सिंह विष्ट, टाउकोमा चोट, अवस्था मध्यम ।
  • महोत्तरीको बर्दिवास–७ बस्ने वर्ष २३ को रमेश यादव, हात र खुट्टामा चोट, अवस्था मध्यम ।
  • रुपन्देही बस्ने वर्ष २८ को सुरज अधिकारी, टाउको र कानमा चोट, अवस्था मध्यम
  • सुर्खेतको विरेन्द्रनगर नगरपालिका–७ बस्ने वर्ष ४२ को मन कुमार थापा, ढाड र छातीमा चोट, अवस्था मध्यम ।
  • झापा बस्ने वर्ष ३६ को मन कुमार श्रेष्ठ, हात र खुट्टामा चोट, अवस्था मध्यम ।
  • कञ्चनपुरको झलारी बस्ने वर्ष २६ की उर्मिला तिरुवा, पेटमा रगत जमेको, अवस्था मध्यम ।
  • सुर्खेतको विरेन्द्रनगर–४ बस्ने वर्ष ४० को राम बहादुर थापा, हात र खुट्टामा चोट, अवस्था सामान्य ।
  • नवलपरासी (पूर्व) हुप्सेकोट–३ बस्ने वर्ष २६ की सबिना लिम्बु, खुट्टामा चोट, अवस्था सामान्य ।
  • नवलपरासी (पूर्व) हुप्सेकोट–३ बस्ने वर्ष २ को जोशन सारु मगर, टाउकोमा चोट, अवस्था सामान्य ।
  • नवलपरासी (पूर्व) पुरानो बेलहानी बस्ने वर्ष १८ की गंगा ओली, छाती र पेटमा चोट, अवस्था सामान्य ।
  • कैलाली बस्ने वर्ष १६ की रोशनी अधिकारी, शरीरमा चोट, अवस्था सामान्य ।
  • कञ्चनपुरको महेन्द्रनगर नगरपालिका–१ बस्ने वर्ष ४९ को मोहन कोइराला, पेटमा चोट, अवस्था सामान्य
  • जुम्लाको तिला–४ बस्ने वर्ष २६ को चन्द्रनाथ योगी, हात र खुट्टामा चोट, अवस्था सामान्य ।
  • झापाको बाहुनडाँगी बस्ने वर्ष १६ को पारस ढकाल, हात र खुट्टामा चोट, अवस्था सामान्य ।
  • मोरङको विराटनगर–३ बस्ने वर्ष २१ की पुजा रेग्मी, हात र खुट्टामा चोट, अवस्था सामान्य (डिष्चार्ज) ।
  • मोरङको विराटनगर–३ वर्ष २८ को सरोज पोखरेल, हात र खुट्टामा चोट, अवस्था सामान्य । (डिष्चार्ज) ।

 

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*