Prakash Adhikari September 14, 2021

मस्कट(ओमान), २९ भाद्र । आइसीसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासंगको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोश्रो खेलमा नेपालले ओमानलाई १ सय ९७ रनको सहज लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको राजधानी अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिड. रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४८ औं ओभरको चौथो बलमा अल आउट हुँदै १ सय ९६ रन जोडेको थियो ।

सोमबार अमेरिकासंगको खेलमा थाकेका नेपाली ब्याट्सम्यानहरुको आजको प्रदर्शन आशिफ शेखको बाहेक अरुका संझन लायक रहेन ।

हिजो अन्तिमसम्म ब्याटिड. गरेर थाकेकोले फिल्डिड. रोजेको भए ब्याट्स म्यानहरुहले दोस्रो इनिड.मा राम्रो गर्ने संभावना थियो । हिजोको खेलमा पहिले पहिलो इनिड.मा बलिड. गरेको हुनाले बलरहरुले पहिलो इनिड.मा र दोस्रो इनिड.मा व्याट्सम्यानहरुको प्रदर्शन राम्रो हुनसक्थ्यो ।

आजको खेलको पहिलो इनिड.मा बलरहरुले ब्याट्सम्यानको इज्जत ढाक्ने अवस्था आयो ।३६ औं ओभरको तेस्रो बलमा आशिफ शेख बाहिरिएपछि १ सय ५५ रनमा अलपत्र परेको नेपालको खेललाई बलरहरुले घचेट्दै ४८ ओं ओभरको चौथो बलसम्म ल्याएर र योगफल पनि १ सय ९६ पुर्याए ।

आजको खेलमा कुशल भुर्तेल ओमानका बिलाल खानको दोस्रो बलमा खाता नखोली आउट भए । २१ रन जोडेका कप्तान ज्ञानेन्द्र मल्ल १२ औं ओभरको चौथो बलमा मोहम्मद नदीमको धरापमा परे । त्यसपछि ब्याटिड. सम्हाल्न आएका रोहित पौडेल २४ औं ओभरको पहिलो बलमा २० रन बनाएको अवस्थामा नेस्टर दाम्बाको बलबाट बाहिरिए ।त्यसपछि मैदान छिरेका विनोद भण्डारी पनि भर्खर ६ रन जोडेको अवस्थामा २८ औं ओभरमा नेष्टर दाम्बाबाट आउट भए । त्यसपछि मैदानमा उत्रिएका कुशल मल्ल पनि ४ रन जोडेको अवस्थमा ३४ औं ओभरको अन्तिम बलमा आउट भए ।

शुरु र मध्यक्रमका ब्याट्सम्यानहरु निरन्तर आउट रहे पनि एकतर्फ ब्याटिड. सम्हालिरहेका आशिफ शेखले खेललाई डोर्याउदै १ छक्का र सात चौकाको मद्दतले ९० रन जोडेको अवस्थामा ३६ ओभरको तेस्रो बलमा विलाल खानले धरापमा पारे । मैदानमा रहेका विक्रम शोव ३६ औं ओभरको पाँचौ बलमा २ रन बनाएको अवस्थामा नै बिलाल खानबाटै आउट भए ।

त्यसपछि मैदानमा उत्रेका सन्दीप लामिछाने र करन के.सी.ले खेललाई अगाडि बढाएकै बेला ४० औं ओभरको अन्तिम बलमा रन लिने क्रममा सन्दीप लामिछाने रन आउट भए । उनले १ चौका र १ छक्काको मद्तले १६ रन जोडेका थिए ।

सन्दीप बाहिरिएपछि सुशन भारी मैदानमा उत्रिए । सुशन र करनले खेललाई ४८ औं ओभरमा डोर्याउदै गर्दा जेशन मक्सूदले करनलाई धरापमा पारे । यतिबेलासम्म करनले १ चौका र १ छक्काको मद्दतले २१ रन जोडेका थिए ।

नेपाललाई रोक्ने क्रममा ओमानका बलर बिलाल खानले ४, नेस्टर दाम्बाले २ तथा जेशन मक्सूद र मोहम्मद नदीमल एक एक विकेट लिएका थिए ।

 

 

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*