Prakash Adhikari September 14, 2021

काठमाडौं, २९ भाद्र । आज एकै दिनमा १ हजार ५ सय६२ मा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १४ हजार ४ सय ४३ मा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । नेपालमा सङ्क्रमणको दर १९ दशमलव तीन प्रतिशत पुगेको छ ।

हाल सक्रिय सङ्क्रमित २६ हजार २ सय२ रहेका छन् । ५ सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ र २ सय भन्दा बढी सङ्क्रमित हुने जिल्ला २० रहेका छन् । यस्तै आज १ हजार ५ सय ८९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख ४२ हजार ३ सय ३ सङ्क्रमति सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको छ ।

यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा १९ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९ सय ८४ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३७० दशमलव दुई जनाको कोरोना सङ्क्रमणबाट निधन हुने गरेको छ ।

हाल ४ सय ५३ सघन उपचार कक्ष (आइसियु), १ सय  ३७ जना भेन्टिलेटर, २४ हजार ६ सय ९० होम आइसोलेसन, एक हजार ५ सय १२ जना संस्थागत आइसोलेसन र २२३ जना क्वारेन्टिनमा रहेका छन् । आज ८८ हजार १ सय ८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५८ लाख ७७ हजार ७९ जनाले पहिलो मात्र र ५२ लाख ४३ हजार २ सय ३६ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

Share Now

Leave a comment.