Prakash Adhikari September 18, 2021

काठमाडौं, २ असोज ।देशभर पछिल्लो २४ घण्टामा थप १ हजार हजार ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ३ सय  ८५ परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ७ लाख ८३ हजार ९ सय  १० पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ८८ हजार ८ सय ९० रहेको छ । पछिल्लो समय थप १  हजार २ सय३४ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या ७ लाख ४८ हजार ८ सय पुगेको छ । निको हुनेदर ९५ दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा २३ हजार ६ सय  ३६ जना होमआइसोलेशन, एक हजार ४ सय  ४६ संस्थागत आइसोलेशनमा रहेका छन् । त्यसैगरी ३ सय  ८९ आइसीयू र १ सय  २१ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ हजार ६ सय ३६ जना रहेको छ । हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या २ सय ४६ रहेको छ ।

थप १६ को मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार २८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्युदर १.५ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय १ लाख ७० हजार ३ सय १७ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । –––

Share Now

Leave a comment.