Prakash Adhikari September 22, 2021

काठमाडौं, ६ असोज । नेपाली क्रिकेटका तारा सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा छलाड. मारेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)ले हालै सार्वजनिक गरेको वरियतामा उनी ७९ स्थानमा पुगेका छन् । यस पहिले उनी ९१ स्थानमा थिए । वरियतामा उनको १२ औं स्थानको सुधार हो ।

ओमान भ्रमणका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यु गिनीसंंग खेलको एकदिवसीय दिवारात्री श्रृखला र आईसीसी वर्ल्ड कप लिग २ अन्तरगत नेपाल,ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज खेलेपछि उनको एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा सुधार आएको हो ।

एक साता अघि जारि गरेको वरियतामा पहिलो पटक शीर्ष १०० खेलाडीको सूचीमा उनले स्थान बनाएका थिए । उनी एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा शीर्ष १०० भित्र पर्ने पहिलो नेपाली खेलाडी हुन्।
वरियतामा सन्दीपसंगै ७९ औं स्थानमा बंगलादेशका फास्ट बलर रुबेल हुसेन रहेका छन्। नेपाली स्पिनरले भारतका हार्दिक पान्ड्यालाई समेत पछि पारेका छन् जो ८२ औं स्थानमा रहेका छन्। यस्तै सन्दीपले अस्ट्रेलियाका मिचेल मार्श(८४), मार्कस स्टोइनिस(८६), ओमानका जिशान मक्सूद (८६) र बिलाल खान(९०), नेदरल्याण्डका कायल जेमीसन(९७), वेस्टइन्डिजका ओशेन थोमसलाई(९६) पछि पारेका छन्।

नेपालले २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न सुरु गरेको हो ।

ओमान भ्रमणमा जानु अघि सन्दीप वरियताको १ सय २८ औं स्थानमा थिए । पपुवा न्यु गिनीसंगको दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ४ र ६ गरि १० विकेट लिएका सन्दीपले ओमान र अमेरिकासंगको त्रिकोणात्मक सिरिजको ३ खेलमा ८ विकेट लिए। अमेरिकासंगको दोश्रो खेलमा पेटको समस्याका कारण उनले बलिंग गर्न सकेका थिएनन्।

वर्ष २०२१ मा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने सूचीमा सन्दिप तेश्रो स्थानमा रहेका छन्। उनले यो वर्ष ६ खेल खेल्दा ५ इनिंग्समा बलिंग गर्दै १८ विकेट लिईसकेका छन्। उनि भन्दा अघि श्रीलंकाका दुश्मन्था चमिरा ( २० ) र आयरल्याण्डका सिमि सिंह ( १९ ) मात्र अघि रहेका छन्। बंगलादेशका पेसर मुस्तफिजुर रहमानले पनि सन्दीपको समान १८ विकेट लिएका छन्।

सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा १६ खेलमा १५ इनिंग्समा ४१ विकेट लिएका छन् भने टि २० अन्तर्राष्ट्रियमा २५ खेलमा ४७ विकेट लिईसकेका छन्।

टि २० अन्तर्राष्ट्रिय वरियतामा सन्दीप ८२ औं स्थानमा छन्।

Share Now

Leave a comment.