Prakash Adhikari September 23, 2021

 

काठमाडौं, ७ असोज । राष्ट्रियसभाले आर्थिक वर्ष २०७८। ७९ को बजेट बहुमतले पारित गरेको छ ।

राष्ट्रिय सभाले बजेट पारित गरेसंगै अब बजेट बिहिन भएकोले सरकारी खर्च गर्न नसक्ने अवस्थाको अन्त्य भएको छ । पारित बजेटलाई राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेपछि यो कार्यान्वयनमा आउने छ ।

बिहिबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०७८ लाई पारित गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

अर्थमन्त्रीले पेश गरेको प्रस्तावलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेपछि बजेट बहुमतले पारित भएको थियो ।

प्रमुख प्रतिपक्षी दल एमालेले भने उठेर विरोध जनाएको थियो ।

अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमाथि गत साउन २५ गते अर्थमन्त्री शर्माले प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधिसभाबाट पारित भएको सो विधेयक सन्देशसहित राष्ट्रियसभामा पठाइएको थियो । राष्ट्रियसभाले समेत स्वीकृत गरेको सो विधेयक अब राष्ट्रपतिले प्रमाणित गरेपछि कार्यान्वयनमा आउनेछ ।

राष्ट्रियसभाको अर्को बैठक असोज ८ गते बिहान ११ बजे बस्नेगरी सकिएको छ ।

Share Now

Leave a comment.