काठमाडौं, ७ असोज(बीबीसी) । नेपाल र भारतबीच मङ्गलवार सुरु भएको संयुक्त सैन्य अभ्यासमा दुई देशका सेनाले ‘अन्तर-सञ्चालन’ विकास र आतङ्कवाद अनि विपद् व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदान गर्ने अधिकारीहरूले बताएका छन्।
भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढमा सञ्चालन भइरहेको उक्त अभ्यासअन्तर्गत दुई देशका सैन्य अधिकारीहरूले हिमाली क्षेत्रमा आतङ्कवादविरुद्ध सङ्घर्ष गर्न एकअर्काका शस्त्रास्त्र, उपकरण, रणनीति, प्रविधि र प्रक्रियाहरूबारे पनि जानकारी लिने भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यसबाहेक मानवीय सहायता र विपद् राहत, उच्च भूभाग अनि जङ्गलमा हुने युद्ध लगायतका विषयवस्तुहरूमा पनि प्राज्ञिक छलफल हुने बताइएको छ।
१५ दिन लामो अभ्यास असोज १७ गतेसम्म चल्ने बताइएको छ।
सुर्यकिरण अभ्यास के हो ?
नेपाली सेनाका अनुसार नेपाल र भारतीय सेनाबीचको सुर्यकिरण कार्यक्रम लामो समयदेखि सञ्चालनमा छ।
गत वर्ष कोभिड महामारीका कारण नभएको अभ्यासको यो वर्ष १५औँ संस्करण हो।
दुवै देशका पूर्ण मात्रा खोप लगाइसकेका जवानहरू तालिममा सहभागी रहेको बताइएको छ।

सेना
यो गण तहको अभ्यास हो। त्यसमा नेपालबाट ३०० र भारतबाट ३५० सैन्य जवानहरूको सहभागिता रहेको जनाइएको छ।
तालिमका क्रममा दुई देशका सेनाले विभिन्न नयाँ तरिकाहरूबारे अभ्यास गर्ने बताइएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले संयुक्त अभ्यासभन्दा त्यसले सैन्य अध्ययन र अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी अध्ययनका सन्दर्भमा भिन्न अर्थ दिने हुँदा यसलाई तालिमका रूपमा बुझ्नुपर्ने बताउनुभयो।
‘खासमा यसलाई कम्बाइन्ड ट्रेनिङ भनिन्छ। हामीले यो गरेको धेरै वर्ष भइसक्यो’, उहाँले भन्नुभयो।
अभ्यास र तालिममा भिन्नता
पौडेलका अनुसार संयुक्त अभ्यास र तालिमको लक्ष्य फरक हुन्छ।
‘यो चाहिँ सिपहरू आदानप्रदान गर्ने हिसाबले सञ्चालन गर्न लागिएको हो’, उहाँले भन्नुभयो।
‘यो अभ्यास चाहिँ हो तर परम्परागत रूपमा बुझ्ने गरिएको संयुक्त सैन्य अभ्यास चाहिँ होइन। कम्बाइन्ड ट्रेनिङ हो।’
सुरक्षा मामिलाकी विश्लेषक इन्द्र अधिकारीका अनुसार तालिम औपचारिक अनि खुला प्रकृतिको हुन्छ।
‘यो विषयगत हुन्छ। सेना सर्वसाधारणभन्दा फरक हुनका लागि जुन खाले क्षमता वा चरित्र विकसित गर्न जरुरी हुन्छ, त्यो चाहिँ तालिम हो , उहाँले भन्नुभयो।
‘कुनै विशेष रणनीति प्राप्त गर्नका लागि कुनै लक्ष्यप्रति सीमित रहेर जुन खाले तयारी हुन्छ, त्यो चाहिँ अभ्यास हो।’
यस्ता अभ्यासका फाइदा के हुन् ?
पौडेलका अनुसार प्रत्येक देशको परिप्रेक्ष्य फरक फरक हुने हुँदा यस्ता अभ्यास एक अर्काको अनुभवबाट सिक्ने विषयमा फाइदाजनक हुन्छ।
ूहाम्रो प्रतिविद्रोहको अनुभव फरक किसिमको छ, भारतको प्रतिविद्रोहको अनुभव फरक किसिमको छ। त्यसमा सम्मिलित फौजहरूको अनुभव फरक किसिमको छ,ू उहँले बताउनुभयो।
‘त्यसले गर्दा ती भिन्नताहरूबाट सिकेर त्यसका माध्यमबाट नयाँ सिपहरू विकास गर्न सकिन्छ कि भन्ने पनि एउटा पक्ष हो।’

सेना
त्यसबाहेक नयाँ प्रविधिहरू वा तरिकाबारे पनि सैन्य ज्ञान आदानप्रदान हुने उहाँ बताउँनुहुन्छ।
नेपालको सेना ु’नलडीकन युद्ध जित्नका लागि र सैन्य कूटनीतिमा भूमिका निर्वाह गर्नका लागि रहेको’ अवस्थामा भारत र चीन लगायतका मुलुकहरूसँग यस्तो सम्बन्धले नेपालमा सेनालाई उपलब्ध गराउन नसिकेका सिप, ज्ञान र अभ्यास गर्न लागि मद्दत गर्ने अधिकारी ठान्नुहुन्छ।
‘किनभने उनीहरू हातहतियारदेखि तालिमको तहमा अगाडि छन्’, उहाले भन्नुभयो।
यस्ता सम्बन्धबाट नेपालले ुुधेरै लगानी नगरी नै धेरै कुरा सिक्न पाउनेुु र सेनाको सेनासँग भ्रातृत्व विकास हुँदा त्यसको फाइदा हुने उहाँले तर्क गर्नुभयो।
तुलनात्मक रूपमा ठूला अनि संवृद्ध राष्ट्रहरूलाई पनि विश्वास जित्ने विषयमा यस्ता तालिमले सहयोग गर्ने अधिकारीको भनाइ छ।
साना राज्यहरूको विश्वास जित्नका लागि यस्ता अभ्यासहरू सहयोगी सिद्ध हुने अधिकारी ठान्नुहुन्छ।
नेपालले अन्य कुन(कुन देशसँग सैन्य अभ्यास गर्छ ?
परम्परागत रूपमा नेपालले अमेरिकी सेनासँग पनि यस्तै किसिमको संयुक्त अभ्यास गर्ने गरेको छ।
त्यसमा इन्जिनियरिङ र विपद् व्यवस्थापनसम्बन्धी विषयहरूमा सिपको आदान प्रदान हुने दुई किसिमका फरक अभ्यास समावेश रहेको सेनाले जनाएको छ।
सेना

अमेरिकासँग ‘डिजास्टर रेस्पोन्स एक्सचेन्ज एक्सरसाइज’ अभ्यास छिट्टै सञ्चालन हुने तयारीमा रहेको बताइएको छ।
त्यस बाहेक नेपालले चीनसँग ुुसगरमाथा फ्रेन्डशीपुु अभ्यास गर्ने गरेको भए पनि पछिल्लो समय त्यो हुन नसकेको बताइएको छ।
‘यस विषयमा गृहकार्य भइरहेको छ’, पौडेलले भन्नुभयो।
अधिकारी नेपालका जनमानस भारतसम्बन्धी विषयहरूमा संवेदनशील रहेका कारण दुई देशबीच हुने सबै किसिमका कार्यक्रमहरूले महत्त्व पाउने गरेको ठान्छिन्।
नेपाली सेना अन्य देशका सेनासँग उस्तै किसिमको अभ्यासमा संलग्न हुँदा त्यही तहको तरङ्ग र संवेदनशीलता प्रकट नहुने उहाँको भनाइ छ।
नेपालमा ‘सबै विषय राजनीतिकरण गरिनेु’ र भारतको हकमा ु’सानो राष्ट्रको मनोविज्ञान बुझ्न नसकेकाले’ यस्ता अभ्यास ‘आउनै नहुने ढङ्गले विवादित हुने गरेको’ अधिकारी बताउनुहुन्छ ।
नेपाल मात्र नभएर सैन्य अभ्यासका विषयवस्तु भारतीय सञ्चारमाध्यमहरूमा पनि चर्चाको विषय बन्ने गरेको पाइन्छ।
भारतले आफूले नेपाली सेनासँग संलग्न हुँदा खुसी हुने तर त्यस्तै खाले संलग्नता चीन वा अन्य कुनै देशसँग हुँदा शङ्काको दृष्टिकोणबाट हेर्ने वा भयभीत हुने हुँदाुु पनि यस्ता विषय चर्चा हुने गरेको उहाँ ठान्नुहुन्छ।
चीनसँगको नेपालको सम्बन्धमा ुुधेरै उतार चढाव नभएको र सम्बन्ध पनि औपचारिक रहेकालेुु ऊसँगको संलग्नताबारे तुलनात्मक रूपमा टीकाटिप्पणी कम हुने गरेको उहाँको बुझाइ छ।


















