हेटौंडा(मकवानपुर),१६ फागुन,। प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलले मौजुदा मन्त्रिपरिषद्विलाई विस्तार गरेर ७ सदस्यीय बनाएका छन् ।
मुख्यमन्त्री पौडेलले बुधबार एमालेबाट तीन र माओवादीबाट एकजना मन्त्री थपेर आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन।
विस्तारित मन्त्रिपरिषद्मा एमालेबाट अरुण नेपाल, कैलाश ढुंगेल, दावादोर्जे लामा थपिएका हुन भने माओवादीबाट युवराज दुलाल मन्त्री बनेका छन् ।
एमाले पोलिटव्यूरो सदस्य नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । ढुंगेलले अर्थ तथा योजना मन्त्रीको जिम्मवारी पाएका छन् भने लामाले कृषि तथा सहकारी मन्त्रालयको कार्यभार पाएका छन् ।
माओवादी नेता दुलालले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
दुलाल माओवादी अध्यक्ष प्रचण्डको अंगरक्षक रहेका थिए ।