Prakash Adhikari October 6, 2021

 

कीर्तिपुर(काठमाडौं), २० असोज । चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा अलआउट हुँदै ६६ रन जोडेको थियो ।

६७ रनको लक्ष्य पाएको चितवनले सो लक्ष्य एक विकेटको क्षतिमा आठौं ओभरको पाँचौ बलमा नै हासिल गर्यो ।

चितवनका लागि मोहम्मद साजादले ४८ रन बनाए भने हसीम अन्सारी १४ र करिम जन्नत ४ रनमा अविजित रहे।

चितवनलाई रोक्ने क्रममा पोखराका नन्दन यादवले चितवनका मोहम्मद साहजादको एक विकेट लिएका थिए ।

यस अगाडि टस जितेर ब्याटिड. रोजको पोखराका लागि रिचार्ड लेभी १९ , सुनिल धमलाले १८, सुशन भारीले १२ ,लोकेश बम ५,सहन अर्चाचिगे ३, बिक्रम सोब ३, विवेक यादव २, असेला गुनारत्ने र किशोर महतोले १। १ रन बनाए ।

कप्तान विनोद भण्डारी र नन्दन यादव शून्यमा आउट २० ओभरको खेलमा पोखराले १०० रन पनि जोड्न सकेन । न त पूरै ओभर नै ब्याटिड. गर्न सक्यो ।

पोखरालाई सस्तैमा समेट्न चितवनका सागर ढकाल र शाहब आलमले ४–४ विकेट लिए।

पराजित पोखराले आज हुने एलिमिनेटरको विजेतासँग खेल्नेछ।

आज नै हुने एलिमिनेटरमा काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ। यस खेल दिउँसो १ः३० बजे सुरु हुनेछ।

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ

 

Share Now

Leave a comment.