Prakash Adhikari October 8, 2021

नयाँदिल्ली(भारत), २२ असोज । भारतीय जनता पार्टीको मैत्रीपूर्ण निमन्त्रणा दिल्ली भ्रमणमा आएको नेपाली कांग्रेसको प्रतिनिधि मण्डलले आज सो पार्टीको नेताहरुसंग भेटघाट गरेको छ ।

भारतीय जनता पार्टीको मुख्यालयमा सो पार्टीका प्रवक्ता डा. सुधांशु त्रिवेदीसहितका नेताहरु र राज्यसभा सदस्यहरुसंग नेपाली काग्रेसको प्रतिनिधि मण्डलले कुराकानी गरेको हो ।

भेटमा दुई मुलुक र दुई पार्टीको बीचमा आपसी सम्बन्ध सुमधुर बनाउने विषयमा खुलस्त वार्ता भएको थियो ।

वार्तामा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले र अनिर्बन गांगुलीसहित अन्य नेताहरु पनि सरिक हुनुहुन्थ्यो ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतको नेतृत्वमा भारतीय जनता पार्टीको मुख्यालयमा पुगेको प्रतिनिधि मण्डललाई सो पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र राष्ट्रीय कार्यकारिणी सदस्य एवं डा.श्यामाप्रसाद मुखर्जी शोध संस्थानका अध्यक्ष डा अनिर्बन गांगुलीसहितका नेताहरुले स्वागत गर्नुभएको थियो ।

आजै डा.महतको नेतृत्वमा दिल्लीमा आएको नेपाली कांग्रेसको प्रतिनिधिम मण्डलले भारतका विदेशमन्त्री डा.एस जयशंकरसंग भेटवार्ता सम्पन्न गरेको थियो ।

विदेशमन्त्री एस जयशंकरसंगको भेटमा तुइन प्रकरणदेखि सबै बिषयमा सौहाद्रपूर्ण वातावरणमा वार्ता भएको थियो ।

सहमहामन्त्री डा.महतले विदेश मन्त्री जयशंकर र भाजपाका नेताहरुसंग भएको वार्ताले आपसी सम्बन्ध झन सुमधुर बनाउने विश्वस्त व्यक्त गर्नुभएको छ ।

Share Now

Leave a comment.