Prakash Adhikari October 8, 2021

काठमाडौं, २२ असोज ।अल नेपाल शेयरहोल्डर एशोसिएशनले सर्वसाधारण लगानीकर्ताको हकहितको सुरक्षा गर्न माग गरेको छ । नेपालको पूँजीबजार विकास र विस्तारमा नीतिगत कमजोरी रहेको र त्यसले सर्वसाधारण लगानीकर्तालाई असर गर्ने जनाउँदै धितोपत्र बोर्डले कुनै एक समूहलाई मात्र फाइदा हुने गरी बनाएको बुक बिल्डिङ निर्देशिकाबाट सर्वसाधारण तथा साना लगानीकर्तालाई फाइदा नपुग्ने हुनाले निर्देशिका खारेज गर्न माग गरेको छ ।

एशोसिएशनका अध्यक्ष अशोक उप्रेतीले आज विज्ञप्ति जारी गर्दै नियामक निकायले धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्तालाई नकारात्मक असर गर्ने कुनै किसिमको नीति बन्न नहुने जनाउनुभयो । त्यस्तै शेयरधनीले प्राप्त गर्ने कम्पनीका लाभांश पाँच वर्षसम्म बुझी नलिए नेपाल सरकारले सो रकम लगानीकर्ता संरक्षण कोषमा राख्ने र कोषमार्फत रकम सञ्चालन गर्ने प्रावधानले लगानीकर्ताको लाभांश प्राप्त गर्ने अधिकार हनन हुने जनाउँदै सो व्यवस्था संशोधन गर्न एशोसिएशनले आग्रह गरेको छ । “बजारप्रति अहिले सर्वसाधारणको चासो बढिरहेको छ, करिब ४५ लाख लगानिकर्ता रहेको पूँजी बजारमा बजारप्रति विश्वसनीयता बढाउन सम्बन्धित निकायले नीतिगत सुधार गर्नुपर्ने छ”, उप्रेतीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share Now

Leave a comment.