Prakash Adhikari October 9, 2021

 

कीर्तिपुर(काठमाडौं) २३ असोज । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग(ईपीएल) टि २० को उपाधिको लागि सोमपाल कामी कप्तानीको चितवन टाइगर्स र बिनोद भण्डारी कप्तानीको पोखरा राइनोजको प्रतिस्पर्धा शनिवार शुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित खेल मैदानमा शनिवार दिउसो १२ः१५ मा आरम्भ भएको खेलमा चितवन टाइगर्सले टस जितेर फिल्डिड. रोजेको छ ।

लिगको प्लेअफ चरण अन्तर्गत चितवनले पहिलो क्वालीफायरमा पोखरा राइनोजलाई पराजित गर्दै तथा पोखराले दोश्रो क्वालीफायरमा भैरहवा ग्ल्याडीएटर्सलाई पराजित गर्दै फाइनल पुगेको हो।

चितवन र पोखरा दुवै पहिलो पटक ईपीएलको फाइनल पुगेका हुन् ।

लिगको पहिलो संस्करणको उपाधि शरद भेसावकर कप्तानीको पन्चकन्या तेजले, दोश्रो संस्करणको उपाधि पारस खड्का कप्तानीको बिराटनगर वारियर्सले तथा तेश्रो संस्करणको उपाधि ललितपुर पेट्रिएट्सले जितेको थियो।
चितवन अघिल्लो संस्करण प्लेअफ पुगेता पनि फाइनल पुग्न असफल थियो भने पोखरा गत सिजन पहिलो चरणबाटै बाहिरिएको थियो।

सोमपाल कामी कप्तानीको चितवनले लिगको पहिलो चरणमा ५ मध्ये ४ खेल जित्दै अंकतालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफ पुगेको हो भने पोखरा ५ मध्ये ३ खेलमा जित दर्ता गर्दै प्लेअफ पुगेको हो।

दुई टिम बीच पहिलो क्वालीफायरमा भएको प्रतिस्पर्धामा पोखरा लिग इतिहासकै कम योगफल ६६ रनमा समेटिन पुगेपछि चितवनले ९ विकेटले जितेको थियो।

चितवनको बलिंग पक्ष प्रतियोगितामा सबैभन्दा बलियो भने पोखराको व्याटिड राम्रो छ ।

ईपीएलको विजेताले नेपाली घरेलु क्रिकेटकै सर्वाधिक ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ ।

Share Now

Leave a comment.