Prakash Adhikari October 9, 2021

कीर्तिपुर(काठमाडौं), २३ असोज । प्रतिस्पर्धी पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन टाइगर्सले ईपीएलको उपाधि चुमेको छ ।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको चौथो संस्करणको एभरेष्ट प्रिमियर लिगको फाइनलमा पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवन टाइगर्सले १६ औं ओभरको पाँचौ बलमा १ सय १४ रन जोडेर २५ बल बाँकी रहदै हासिल गर्यो । यस इपीएलको उपाधिस्वरुप ट्रफि उचाल्दै नगद पुरस्कार पनि जित्यो ।

चितवनको जितमा भीम सार्कीले सर्वाधिक ६३ रन बनाए भने दिलिप नाथले १८, राजेश पुलामी मगरले १४, मोहम्मद साहजादले ११,क्याप्टेन सोमपाल कामीले ४ र एस प्रसन्नाले १ रनको योगदान दिए ।

Image

चितवनलाई रोक्ने क्रममा पोखराका किशोर महतोले ४ र नन्दन यादवले २ विकेट लिए ।

यस अगाडि टस हारेर पहिले ब्याटिङ थालेको पोखराले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रनको योगफल बनायो ।

पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाउदा रिचार्ड लेभीले २६ रन जोडे । त्यसैगरी विपिन रावलले १७, कप्तान विनोद भण्डारीले २२, किशोर महतोले १, विवेक यादवले ४, रित गौतमले २, सहन अर्चाचिगेले २ तथा बिक्रम सोबले १ रन जोडे भने लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए ।

पोखरालाई सस्तैमा समेट्नेक्रममा चितवनका कमल सिंह ऐरी एकक्लैले ४ विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २÷२ विकेट लिए भने सोमपाल कामी र सागर ढकालको नाममा १÷१ विकेट रह्यो ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक र्इपीएलको फाइनलमा पुगेका हुन् ।

Image

आजको खेलमा प्लेयर अफ द म्याच चितवन टाइगर्सका कमल ऐरीले जिते उनले २० रन जोडन दिएर ४ विकेट लिएका थिए । इपीएलको प्लेयर अफ द सेरिजको उपाधि पनि चितवन टाइगर्सकै सागर ढकालले जिते । उनले खेलमा १४ विकेट लिएका थिए ।

ईपीएलको विजेता सोमपालको चितवन टाइगर्सले उपाधिसंगै ७० लाख नगद पुरस्कार पनि जितेको छ ।

Share Now

Leave a comment.