काठमाडौ, १७ फागुन । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद उर्फ किरणले क्रान्तिकारी कम्युनिष्टहरुलाई पुन संगठित गर्ने उद्घोष गरेका छन्
गोपाल किरातीको नेतृत्वमा राजधानीमा आयोजित ‘अखिल क्रान्तिकारी’को भेलालाई संबोधन गर्दै उनले सो उद्घोष गरेका हुन्।
उनले सम्वोधनका क्रममा आफूहरु आगोको झिल्को भएको बताए र, अब क्रान्तिकारी कम्युनिष्टहरु एक भएर क्रान्ति सफल पार्नुपर्ने दाबी समेत गरे ।
वैद्यले विप्लवका नेता तथा कार्यकर्ता माथिको धरपकड’ बारे चर्को आलोचना पनि गरे ।
उनले एमाले र माओवादीको गठबन्धनलाई दक्षिणपन्थी गठबन्धन संज्ञा दिंदै कम्युनिष्टका नाममा देउवा सरकारले पनि हात नहालेको नेकपाका कार्यकर्ता नेताहरुलाई पकड्ने काम भएको बताए । उनले हेमन्तप्रकाश ओली र पदम राई लगायतका साथीहरु युवाहरुको भेला, सम्मेलनको शान्तिपूर्ण कार्यक्रममा जाँदा धरपकड गरेकोमा विरोध गरे ।
वैद्यले जनयुद्ध र झापा विद्रोह गरेका नेताहरुको यस्तो क्रियाकलापले दुवैथरीको पतन हुने ठोकुवा गरे ।
उनले लक्ष्मीप्रसाद देवकोटाकोे के नेपाल सानो छ भन्ने निवन्धको रिफरेन्स लिदै भने , सानो ठूलो हुन्छ, ठूलो सानो हुन्छ । क्रान्तिकारीहरु सुरुमा सानै हुन्छन् ।
उनले सानो महत्व झन बढी हुने बताउदै भने, ‘आँखाको नानी सानो हुन्छ । मुटुको टुक्रो सानो हुन्छ । सानोको मूल्य हुन्छ । ओज हुन्छ । गरिमा हुन्छ । फेरि त्यो सानो ठूलो हुन्छ ।त्यसैले हामी ठूला छौं भनेर कुनै घमण्ड गर्नुपर्दैन । हामी क्रान्तिकारी भनेको आगोको झिल्को हो । निभ्दैन । माओले भनेको हामीलाई थाहा छ । एउटा सानो झिल्कोले सारा जंगलमा आगो लगाउँछ भनेर भन्या हो । हामी झिल्को हौं ।’
वैद्यले क्रान्तिकारीहरु हमेशा आशावादले समृद्ध हुने बताउदै नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर लैजान क्रान्तीको लागि आह्वान गर्दै भने, हाम्रो आदर्श हो साम्यवाद ।
उनले अहिले पुँजीवादी जनवादी क्रान्ति समेत पूरा नभएको बताउदै वैज्ञानिक समाजवाद र साम्यवादको दिशामा अगाडी बढ्न थालिएको विद्रोहलाई परिणामा पुर्याउन संगठन बनाएर कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउदै अगाडि बढ्न आग्रह गरे ।
‘अब हामी सच्चा क्रान्तिकारी कम्युनिष्टहरु छितरिएर हुँदैन, एक ठाउँमा आउनुपर्ने हुन्छ ‘, वैद्यले भने, ‘ क्रान्तिकारीहरुको वीचमा एकता हुन जरुरी छ । एकतावद्ध हुन जरुरी छ । हामीले कोशिस गरिराखेका छौं ।’
उनले ऋषि कट्टेल,मोहनविक्रमmगोपाल किरातीआहुती र लोकेन्द्र विष्टसँग पनि यसबारे कुरा हुँदै आइराखेको बताए ।
पार्टी विसर्जनवादतिर जान लागेकोले अविलम्ब महाधिवेशनको माग गरेको गोपाल किराँती र लोकेन्द्र विष्ट लगायतका नेताहरुलाई माओवादी केन्द्रले केही समय अगाडि कारबाही गरेको थियो ।


















