काठमाण्डौ, १८ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक मेडिकल कलेजले गुणस्तर कायम गर्नुपर्ने बताएका छन् ।
शुक्रबार शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन आग्रह गरे । उनले ‘चिकित्सक र स्वास्थ्य सहयोगीहरु पनि योग्य, दक्ष र क्षमतावान हुनुपर्ने बताउदै यसका साथै भौतिक संरचना र यान्त्रिक उपकरणमा पनि अत्याधुनिक प्रविधि र स्तरीय हुनुपर्ने बताए ।
कार्यक्रममा उनले सरकारको सम्पुर्ण प्रयास विकास विकास र जनताको सुख तथा समृद्धिका लागि हुने बताए । ‘
प्रधानमन्त्री ओलीले कुनै पनि नेपाली भोकै मर्न पर्ने अवस्थाको अन्त्य गरिने बताउदै केही बर्षभित्र नेपाल अल्पविकशित देशको सुचीबाट विकसित देशमा पुग्ने दाबी पनि गरे
प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउने बताउदै हरेक व्यक्तिले अरुका नजरमा गिर्ने काम नगरेमा भ्रष्टाचार स्वत अन्त्य हुने दाबी पनि गरे ।