दुबाई(संयुक्त अरब इमिरेट्स), २० कार्तिक । टी २० विश्वकप क्रिकेट अन्तरगत शुक्रबार भएको खेलमा भारतले स्कटल्याण्डलाई ८ विकेटले पराजित ्रगर्दै लगातार दोश्रो जित दर्ता गरेको छ।
पहिलो र दोश्रो खेलमा पाकिस्तान र न्युजिल्यान्डसंग पराजित भएको भारतले तेश्रो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा स्कटल्याण्डले दिएको ८६ रनको लक्ष्य भारतले भारतले ४३ बलमा खेल जितेर नेट रन रेटमा अफगानिस्तान र न्युजिल्यान्ड दुवैलाई पछि पार्ने थियो। सोहि अनुरुप ब्याटिंग गर्दै भारतले खेल ६.३ ओभरमै जित्यो।
भारतको जितमा केएल राहुलले सर्वाधिक ५० रन बनाए । उनले मात्र १८ बलमा अर्धशतक पूूरा गरेका थिए । रोहित शर्माले ३० रन बनाए।
यस पहिले टस हारेर ब्याटिंग गरेको स्कटल्याण्डले १७.४ ओभरमा सबै विकेट गुमाउदै ८५ रन बनाएको थियो। उसको लागि जर्ज मुनसेले सर्वाधिक २४ रन, माइकल लिस्कले २१, कलम म्याकलोयडले १६ तथा मार्क वाटले १४ रन बनाए।
स्कटल्याण्डलाई रोक्ने क्रममा भारतीय बलर रभीन्द्र जडेजा र मोहम्मद शामीले ३। ३ विकेट, जस्प्रित बुम्राहले २ विकेट तथा रभीचन्द्रन आश्विनले १ विकेट लिएका थिए ।
सेमिफाइनलको संभावना
समुह ‘२’ बाट पाकिस्तान एक खेल बाँकी रहँदै सेमिफाइनल प्रवेश गरिसकेको छ भने न्युजिल्यान्ड, अफगानिस्तान र भारत मध्ये एक टिम अब सेमिफाइनल पुग्न बाँकी छ । समुह ‘१’ अन्तर्गत अब तिन खेल बाँकी रहेका छन्। नोभेम्बर ७ तारिखमा न्युजिल्यान्ड र अफगानिस्तान तथा पाकिस्तान र स्कटल्याण्ड प्रतिस्पर्धा गर्नेछन् भने नोभेम्बर ८ तारिखमा भारत र नामिबिया बीच खेल हुनेछ।
शुक्रबारको खेल अघि भारतको नेट रन रेट ०.०७३ थियो भने जितपछि १.६१९ पुगेको छ। न्युजिल्यान्डको नेट रन रेट १.२७७ र अफगानिस्तानको १.४८१ छ। भारतको सेमीफाइनल सम्भावना अफगानिस्तानको प्रदर्शनमा निर्भर गर्नेछ।
अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गरेमा भारत र अफगानिस्तान मध्ये नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल पुग्नेछ।
न्युजिल्यान्डले अफगानिस्तानलाई पराजित गरेको खण्डमा न्युजिल्यान्ड ८ अंक सहित सेमीफाइनल प्रवेश गर्नेछ। तर अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गर्यो र साथै भारतले पनि नामिबियालाई पराजित गरेको खण्डमा न्युजिल्यान्ड बाहिर हुनेछ भने अफगानिस्तान र भारत मध्ये नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल पुग्नेछ।
न्युजिल्यान्डको नेट रन रेट १.२७७ , अफगानिस्तानको १.४८१ र भारतको भन्दा कम हुँदा न्युजिल्यान्ड सेमीफाइनल पुग्न अफगानिस्तानलाई पराजित गर्नै पर्ने हुन्छ ।
कोहली भन्छन्, नोभेम्बर ७ को खेल रोचक हुन्छ
शुक्रबारको जितपछि भारतीय टिमका क्याप्टेन विराट कोहलीले भनेका छन, “यो निकै शानदार जित थियो जसको लागि हामि भोको थियौं। अब नोभेम्बर ७ मा के हुन्छ, हेर्न रोचक हुनेछ। आजको जितको बारेमा धेरै बोल्न चाहन्न किनकि हामीलाई थाहा छ कि हाम्रो क्षमता के हो। यहाँको मैदानमा टस जित्नु पनि निकै महत्वपूर्ण छ।”
नोभेम्बर ७ मा न्युजिल्यान्ड र अफगानिस्तान खेल हुँदैछ । न्युजिल्यान्ड विजयी भए उ सेमिफाइनल पुग्नेछ । अफगानिस्तान र भारतको विश्वकप यात्रा त्यही रोकिनेछ । अफगानिस्तान विजयी भए न्युजिल्यान्ड बाहिर हुनेछ भने भारत र अफगानिस्तान मध्ये नेट रन रेट उत्कृष्ट हुने टिम सेमीफाइनल पुग्नेछ।
भारतले आगामी खेल नोभेम्बर ८ मा नामिबिया बिरुद्ध खेल्नेछ। यसैले भारतका लागि नामिबियासंगको खेलभन्दा पनि अफगानिस्तान र न्युजिल्याण्डको खेल महत्वपूर्ण भएको छ ।
शुक्रबारको शानदार जितपछि कोहलीले भनेका छन, “यदी तपाई हाम्रो अभ्यास खेलहरु हेर्नुहुन्छ भने हामी यसरी नै ब्याटिंग गरिरहेका थियौं र पावरप्लेमा राम्रो गरेका थियौं। एकदुई खेलमा त्यस्तो हुन सकेन। बिपक्षी टिमले पनि राम्रो बलिंग गर्दै हामीमा दबाब बनाए। आज जडेजाले निकै राम्रो बलिंग गरे भने शामी पनि उत्कृष्ट थिए ।”


















