काठमाडौं, २५ कार्तिक । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले संस्थाको साख अभिबृद्धि गर्दै यात्रुहितलाई केन्द्रमा राखेर कामको थालनी गर्नुभएको छ ।
आफ््नो सम्पूर्ण उर्बर जीवन निगमको सेवामा समर्पित गर्नुभएका कार्यकारी अध्यक्ष अधिकारीले जिम्मेवारी सम्हालेको महिना दिन नपुग्दै आशा लाग्दो कामको सुरुआत गर्नुभएको छ ।
संस्थाको साख अभिबृद्धि गर्न र निगमका विमानमार्फत विश्व यात्रामा जाने तथा विश्वका मुख्य गन्तव्यबाट राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका जहाज हुँदै नेपाल आउने यात्रुहरुलाई सहज बनाउने निगमले पहिलो चरणमा चारवटा एअरलाइन्ससंग कोड सेयरिड. संझौता गरेको छ ।
यो संझौताले निगमले आफ्नो विमानबाट यात्रा गर्ने यात्रुहरुलाई थप ९ देशका मुख्य गन्तव्यको सहज पहुँचमा ल्याएको छ ।
निगमले थाइल्याण्डको थाई एअरवेज, कुवेतको कुवेत एअर, संयुक्त अरब इमिरेट्सको इमिरेट्स एअर र जापानको अल निप्पोन एअरसंग कोड सेयरिड. संझौता गरेको छ । यो संझौता अनुरुप अब निगमले काटेको टिकटबाट युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ ।
संझौता अनुसार थाइएअरसंग दक्षिण कोरियाको राजधानी सिउल र अष्ट्रेलियाको सिड्नीको उडानको तारतम्य मिलाइएको छ भने अल निम्पोन एअरबाट जापानको टोकियोको । त्यस्तै कुवेत एअरमार्फत निगमको उडान हुने दोहा र दुबाई पुगेको यात्रुलाई कुवेत लैजाने तथा कुवेतबाट कुवेत एअरबाट यी गन्तव्य आएका यात्रुलाई नेपाल एअरमार्फत नेपाल ल्याउने काम हुनेछ ।
त्यस्तै बहराइन र यूरोपका स्वीजरल्याण्डको जुरिच, जर्मनीको फ्याड.कफर्ट, बेलायतको लण्डन र फ्रान्सको पेरिस जाने र ती गन्तब्यबाट नेपाल आउने यात्रुहरुलाई सहज रुपमा ल्याउन निगमले एअर इमिरेट्संग कोड सेयरिड. संझौता गरेको छ ।
नेपाल युरोपियन युनियनको उड्डयनको कालो सूचीमा रहेकोले निगम व्यवस्थापनको यो कार्यले यी गन्तव्यमा नेपालबाट यात्रुहरु पुर्याउन तथा त्यहाबाट पर्यटकहरु नेपाल ल्याउन यो संझौता अत्यन्त महत्वपूर्ण हुने देखिएको छ ।
निगमका अध्यक्ष अधिकारीले टिकटसम्बन्धी नयाँ व्यवस्थाले निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने अपेक्षा गरिएको बताउनुभएको छ ।
टिकट निगमको केन्द्रीय कार्यालय र ट्राभल एजेन्सीबाट काट्न सकिने निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
यसका साथै निगमले अमेरिकाका विभिन्न शहरमा यस प्रकारको सम्झौताबाट यात्रुलाई सेवा प्रदान गर्न विभिन्न वायुसेवासँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ ।
निगमका प्रवक्ता करिश्मा श्रेष्ठले सम्झौताबाट एक अर्का वायुसेवाका क्षेत्रमा यात्रुलाई सेवा प्रदान गर्न सहज हुने बताउनुभयो । सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहजता मिल्ने उहाँको भनाइ छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको हो ।
नेपाल एअरलाइन्सले कोडसेयरिड. गरेको एअरलाइन्स र रुट यस प्रकार छन् :
१ काठमाडौँ–बैंकक–सोल नेपाल एयरलाइन्स–थाइ एयरवेज
२ काठमाडौँ–बैंकक–सिड्नी नेपाल एयरलाइन्स–थाइ एयरवेज
३ काठमाडौँ–बैंकक–टोक्यो नेपाल एयरलाइन्स–अल निप्पोन एयरलाइन्स
४ काठमाडौँ–दोहा–कुवेत नेपाल एयरलाइन्स–कुवेत एयरवेज
५ काठमाडौँ–दुबई–कुवेत नेपाल एयरलाइन्स–कुवेत एयरवेज
६ काठमाडौँ–दुबई–जुरिच नेपाल एयरलाइन्स–इमिरेट्स
७ काठमाडौँ–दुबई–लण्डन नेपाल एयरलाइन्स–इमिरेट्स
८ काठमाडौँ–दुबई–फ्र्याङ्कफर्ट नेपाल एयरलाइन्स–इमिरेट्स
९ काठमाडौँ–दुबई–पेरिस नेपाल एयरलाइन्स–इमिरेट्स
१० काठमाडौँ–दुबई–बहराइन नेपाल एयरलाइन्स–इमिरेट्स


















