Prakash Adhikari March 3, 2018

 

काठमाडौं, १९ फागुन । बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश संसारलाई एकसाथ दिनको लागि आज दिउँसो टुडिखेलमा विशेष कार्यक्रमको आयोजना हुने भएको छ ।

काठमाडौंको टुँडिखेलमा बुद्धको उपदेश ‘धम्मपद’ एकसाथ ७५ हजार जनाले बाचन गर्नेछन् ।

विश्व कीर्तिमानी परिषद् नेपालद्धारा आयोजित यस कार्यक्रम मार्फत अहिंसाका प्रवर्तक भगवान गौतम बुद्धको जन्म नेपालमा भएको सन्देश विश्वमा फैलाइने छ ।

भगवान बुद्धको जन्म स्थानका बारेमा केही कोणबाट भ्रम छर्ने प्रयास हुँदै आएकोले त्यसलाई चिर्न यो कार्यक्रम गरिएको आयोजक विश्व कीर्तिमानी परिषद् नेपालका उपाध्यक्ष प्रतिष्ठा अमात्य विष्टले बताएकी छन् ।

टुँडिखेलमा सहभागी प्रवेशका लागि बिहान ११ बजेदेखि दिउँसो दई बजेसम्ममा चारवटै गेट खुला गरिने र सहभागीहरू प्रवेग गरिसकेपछि २ ः ३० बजे सामूहिकरूपमा धम्मपदको वाचन गरिने कार्यक्रम रहेको छ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरू, राजनैतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, विभिन्न क्षेत्रका व्यक्तित्व तथा सर्वसाधारणको सहभागिता रहनेछ बताइएको छ।

कार्यक्रमका लागि ७५ हजार पास छापिएको छ ।

कार्यक्रमलाई सुव्यवस्थित र सुरक्षित तुल्याउन ३ हजार स्वयंसेवक र १ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ।

Share Now

Leave a comment.