Prakash Adhikari November 13, 2021

काठमाडौं, २७ कार्तिक । नेकपा (एमाले) १० महाधिवेशनका लागि आज देशभरबाट प्रतिनिधि चयन गर्दैछ ।

नेकपा एमालेको अधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुने भएको छ ।

महाधिवेशनको क्रममा एमालले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उच्च समझदारीका आधारमा प्रतिनिधि चयन गर्न आग्रह गर्नुभएको छ ।

नेकपा एमाललेले एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सय सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ। यसअघि एक हजार पाँच सय सदस्य बराबर तीन जना छनोट गर्ने व्यवस्था रहेको थियो ।

एक हजार दुई सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ। यस अनुसार, आठ सय जना बराबर एक जना महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ।

एमाले प्रचार विभागले संगठित सदस्यको संख्या आठ लाख नाघिसकेको जानकारी दिएको छ ।

एमालेले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दै छ। प्रदेश र सोसरहका कमिटीबाट २ महिलासहित ५ जना प्रतिनिधि चयन हुने छन् ।

Share Now

Leave a comment.