Prakash Adhikari November 14, 2021

काठमाडौं, २८ कार्तिक । सरकारले आज (आइतबार)देखि फाइजर बायोएनटेक खोप अभियान सुरु गर्दै छ।
कोरोना भाइरसविरुद्धको यो खोप १२ देखि १७ वर्ष उमेर समूहका दीर्घरोगबाट पीडित किशोर९किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खोप १२ वर्षभन्दा माथिको जनसङ्ख्यालाई मात्र दिन मिल्ने भएकाले त्यही उमेर समूहलाई मात्र लगाउन लागिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले जानकारी दिनुभएको छ। त्यसमा आठ प्रकारका दीर्घ रोगका बिरामीहरूलाई प्राथमिकतामा राखिएको छ ।

यो खोप मुटुको बिरामी भइ अप्रेशन गरेका वा औषधि प्रयोग गरिरहेका, मिर्गौलाको समस्या भएका, मिर्गौला फेरेका, डायलासिस गराइरहेका, औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यानसरको पहिचान भइ उपचारमा रहेका, फोक्सोको बिरामी भएर औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भइ चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका र मस्तिष्क वा मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका दीर्घरोगीहरूलाई लगाउने तयारी छ।

यो खोपको पहिलो मात्रा आजदेखि मंसिर ४ गतेसम्म लगाइनेछ। देशभरका २४ अस्पतालमा गएर यो खोप लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो खोप दीर्घ रोग भएका तथा उपचार गराइरहेको पुर्जा, उमेर खुल्ने प्रमाणपत्र देखाएपछि लगाउन पाइनेछ।

खोप लगाउन पाइने अस्पताल यी हुन् :

Share Now

Leave a comment.