Prakash Adhikari November 17, 2021

तुम्लिड.टार(संखुवासभा), १ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको आगामी १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गर्नुभएको छ । आज सङ्खुवासभा आउने क्रममा तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताउनुभयो ।

पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उहाँको भनाइ थियो । उहाँले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताउनुभयो । महामन्त्री गठबन्धन चुनाव अघिसम्म मात्रै रहने बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन, आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति गरेको छैन ।”

नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको उहाँको भनाइ थियो । कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने दाबी गर्नुभयो । एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने उहाँको भनाइ थियो ।

Share Now

Leave a comment.