काठमाडौं, १९ फागुन । एमाले र माओवादी केन्द्रसँग संघीय समाजवादी फोरम नेपालको आज निर्धारित वार्ता पुन ः स्थगित भएको छ ।
यस अघि तीनवटै दलका नेताहरुले वार्ता सहमतिको अन्तिम विन्दु नजिक पुगेको र शनिवार त्यसलाई टुंगाउने बताएका थिए ।
तर, गृहकार्य नपुगेको भन्दै आज निर्धारित बैठक स्थगित गरिएको छ ।
फोरम नेपालका महासचिव रामसहाय यादवले पार्टीका अध्यक्ष उपेन्द्र यादव राजधानी बाहिर रहेको तथा अन्य गृहकार्य नपुगेका कारण बैठक स्थगित भएको बताए ।
मधेशका एजेण्डा तथा सविधान संशोधनको विषयमा कुरा मिलिसकेको र अब मन्त्रिपरिषद्मा पदीय भागवण्डाकोकुरा मिलाएर शनिवार सहमतिपत्रमाआज हस्ताक्षर गर्ने तयारी थियो । सत्तारुढ दलले आफू निकट सञ्चारमाध्यमहरुबाट निरन्तर यही सन्देश प्रवाहित गरिरहेका थिए ।
एमालेले सविधान संशोधनमा सैद्धान्तिक सहमति जनाएको छ । यसका लागि आवश्यक गृहकार्य गर्न कार्यदल बनाउने सहमति भएको छ ।
मधेशको कतिपय माग सविधान संशोधनबाट गर्ने र अरु बाँकी सरकारको नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्ने सहमति भएको छ ।
फोरम नेपालले एक उपासभामुख र तीन मन्त्रालय मागेको छ ।
तर, सत्तारुढ दल दुईटा मन्त्रालय दिन तयार छन् ।
यस विषयमा छलफल चलिरहेको थियो ।
अर्को बैठकको समय तोकिएको छैन ।