Prakash Adhikari November 19, 2021

सातदोबाटो (ललितपुर), ३ मंसिर । नेपालका सक्षमविक्रम शाह र सुनिरा थापाले एशियन यु–१४ ¥याङ्किङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को एकल विधामा आज स्वर्ण जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको छात्र फाइनल खेलमा सक्षमले भारतका सिद्धार्थ जिबुलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । नेपालका दर्शिल श्रेष्ठ र आयुशमान घले तेस्रो भए ।

नेपाल टेनिस सङ्घद्वारा आयोजित प्रतियोगिताको छात्रतर्फको फाइनलमा सुनिराले नेपालकी प्रशंसा मोक्तानलाई ६–१ र ६–२ को सिधा सेटमा हराइन् । नेपालकी शिभाली गुरुङ तथा नेपालकी इभा अधिकारीले तेस्रो स्थानमा चित्त बुझाए ।

त्यसअघि डबल्सको छात्रतर्फ नेपालका सक्षमविक्रम शाह र आयुशमान घले तथा छात्रामा सुनिरा थापा र प्रशंसा मोक्तानको जोडी पहिलो भएका थिए । विजेतालाई नेपाल टेनिस सङ्घकी अध्यक्ष ज्योति राणा, उपाध्यक्ष केशवराज पाण्डेलगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिताअन्तर्गत सर्किट–२ का खेल सोमबारदेखि सुरु हुनेछ ।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*