काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा सोमबार १ सय २५ प्रतिनिधिसभा क्षेत्रमा महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया शुरु भएको छ ।
महाधिवेशनका क्रममा ठूलो उत्साह देखिएको छ । केही निर्वाचन क्षेत्रका गतिविधिहरु तस्वीरमा :



पाँचथरमा महाधिवेशन प्रतिनिधि चुन्दै कांग्रेसका प्रतिनिधिहरु

नेपाली काँग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा कास्की क्षेत्र नं १ को क्षेत्रीय समितिका पदाधिकारी एवम महाधिवशेनका प्रतिनिधिका प्रत्यासी भोट माग्नका लागि लामबद्ध हुँदै । तस्बीरः वासुदेव पौडेल÷ रासस

बनेपा, ६ मङसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकको जिल्लाको प्रतिनिधिसभा क्षेत्र अन्तर्गत सोमबार २ नं निर्वाचन क्षेत्र बनेपा नगरपालिका वडा नं ५ नेपाल बनेपा पोलिटेक्निक खेल मैदानमा मतदान गर्दै प्रतिनिधिहरु । २ नंं क्षेत्रमा मात्रै एक हजार २५८ जनाले मदतान गर्दैछन । तस्वीर ः पेमा लामा, रासस

बनेपा, ६ मङसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधिसभा क्षेत्रअन्तर्गत सोमबार भएको निर्वाचनमा २ नं निर्वाचन क्षेत्र बनेपा नगरपालिका वडा नं ५ नेपाल बनेपा पोलिटेक्निक खेल मैदानमा भइरहेको मतदान स्थल नजिकै आआफनो समूहको उम्मेदवारहरुको पक्षमा राखिएको प्रचार सामग्री र प्रचारप्रसार अभियन्ताहरु । तस्वीर ः पेमा लामा, रासस

बनेपा, ६ मङसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधिसभा क्षेत्र अन्तर्गत सोमबार भएको निर्वाचनमा २ नं निर्वाचन क्षेत्र बनेपा नगरपालिका वडा नं ५ नेपाल बनेपा पोलिटेक्निक खेल मैदानमा कोही मतदान गर्दै, कोही लाइनमा उभिएर पालो कुर्दै । तस्वीर : पेमा लामा, रासस


दमौली, ६ मङसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार शुक्लागण्डकीको बेलचौतारामा आयोजित तनहुँ क्षेत्र नं २ को अधिवेशनका लागि देखिएको चहलपहल । तनहुँका दुबै क्षेत्रमा नयाँ नेतृत्व चयनका लागि मतदान गरिएको छ । तस्वीर ः कृष्ण न्यौपाने, रासस

तनहुँ, ६ मङसिरःनेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नं १ को महाधिवेशन प्रतिनिधिको आज हुन लागेको निर्वाचनमा देखिएको चहलपहल । तस्बिरः सानेबहादुर नेपाली ÷रासस)


















