काठमाडौं, ८ मंसिर । यही मंसिर २४ गतेदेखि २६ गतेसम्म देशको संघीय राजधानी कामाडौंमा हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट प्रतिनिधि चयन हुने क्रम जारी छ । अधिवेशनपछि भएको निर्वाचनको सार्वजनिक नतिजा अनुसार विभिन्न जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चयन भएका प्रतिनिधि र क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरुको सूची यस्तो छ :
मुख्यमन्त्री पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेपाली कांग्रेसको १४औँ महाधिवेशन प्रतिनिधिमा खुलातर्फबाट निर्वाचित हुनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं १ बाट सबैभन्दा बढी मत प्राप्त गर्ने दोस्रो नम्बरमा पर्दै पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो ।
जिल्लाबाट पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका व्यक्तिमा गजेन्द्रबहादुर आले (५२५), कृष्णचन्द्र नेपाली पोखरेल ५२०, गणेश सापकोटा (५०५), महेन्द्रध्वज जिसी (४८५), अशोक बस्ताकोटी (४६५), मदनभक्त अधिकारी (४५७), बालकृष्ण घिमिरे (४४७), गोकुल सापकोटा (४२४), भरतराज तिवारी (४१४) र ओमप्रसाद सापकोटा (३८५) हुनुहुन्छ ।
त्यस्तै महिला खुलातर्फ ओमकला गौतम (५३१), विष्णुकुमारी कँडेल (४६१), सङ्गीता घिमिरे काफ्ले (४४३), विष्णुदेवी पाण्डे (४०३) हुनुहुन्छ । नवलपरासी बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं १ को सभापतिमा अमृत भट्टचन निर्वाचित हुनुभएको छ । भट्टचनले ६७० मत प्राप्त गर्दा उहाँका निकटम प्रतिस्पर्धी कमलप्रसाद पराजुलीले ४४७ मत प्राप्त गर्नुभएको थियो ।
सचिवमा अमृत श्रेष्ठ (५८७) र शालिकराम सापकोटा (५६४) निर्वाचित हुनुभएको छ । सहसचिवमा टीकाराम सापकोटा (५८३ मत) र तेजप्रसाद घिमिरे (५८०) विजयी हुनुभएको निर्वाचन अधिकृत चूडामणि शर्माले जानकारी दिनुभयो । मङ्गलबार भएको निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ मा एक हजार १५१ मत खसेको थियो ।
कांग्रेस काठमाडौँ क्षेत्र नं २ को सभापतिमा शर्मा विजयी
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं २ को सभापति पदमा कविर शर्मा विजयी हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सम्पन्न अधिवेशनको मतगणनाअनुसार शर्माले २८५ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी अर्जुन पराजुलीले २२० मत प्राप्त गर्नुभयो ।
यस्तै, क्षेत्रीय सचिवमा दीपक दुलाल (२६४), भीमसेन थापा (२६२), सरिता भण्डारी (२५३) र सुजनकुमार खड्का (२६०) मत ल्याई विजय हुनुभएको निर्वाचन अधिकृत वासु रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार महाधिवेशन प्रतिनिधि खुलातर्फ उपेन्द्र कार्की, ओमबहादुर कार्की, जयराज पुडासैनी, दीपकप्रसाद कुँइकेल, राजाराम तिवारी, रामशरण ढुङ्गाना, लवराज दाहाल, लोकेश ढकाल र शङ्कर थापा विजयी हुनुभएको छ ।
यस्तै, महाधिवेशन प्रतिनिधि खस आर्य खुलामा कृष्णबहादुर केसी, प्रवीनमान सिंह, दलिततर्फ हरिशरण नेपाली, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गतातर्फ नहकुल थापा, मधेसीतर्फ मुकेश मिश्र, खस आर्य महिलातर्फ मञ्जु खड्का र द्रोणा खड्का, खुला महिलातर्फ जानकी केसी, प्रतिमा गौतम, भद्रा भण्डारी, शर्मिला थापा कार्की निर्वाचित हुनुभएको छ ।
काठमाडौँ–३ मा चालिसे, ४ मा सङ्गत विजयी
नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा सन्तोष चालिसे निर्वाचित हुनुभएको छ । आज सार्वजनिक भएको मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाका प्रमुखसमेत रहनुभएका चालिसे २०५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
क्षेत्र नं ३ का निर्वाचन अधिकृत सन्तोष पण्डितका अनुसार चालिसेका निकटतम् प्रतिद्वन्द्वी काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले १५९ मत प्राप्त गर्नुभयो । क्षेत्रीय सचिवमा चालिसे समूहकै दीपक रिसाल र भुवन लामा निर्वाचित हुनुभएको छ । सहसचिवमा पनि सोही समूहका अमृत खड्का र सृदीप पण्डित क्षेत्री विजयी हुनुभएको छ । सदस्यमा मिश्रित परिणाम आएको छ ।
यसैगरी महाधिवेशन प्रतिनिधि खुलातर्फ कुमारराज सुवेदी, कृष्णजी खड्का, छिरिङदोर्जे लामा, जगन्नाथ धिमाल, डोजाङ शेर्पा, दुर्गा बराल, नारायणबहादुर सुवेदी, परशुराम पोखरेल, रमेश अर्याल र हरिबोल भण्डारी निर्वाचित हुनुभएको छ । महाधिवेशन प्रतिनिधि महिला खुलातर्फ कमला नेपाली, गीता सिम्खडा, विष्णुदेवी पुडासैनी र शान्ति नेपाल निर्वाचित हुनुभएको छ ।
यस्तै खसआर्यतर्फ महाधिवेशन प्रतिनिधिमा जयराज भण्डारी र रामराज थापा, खसआर्य महिला महाधिवेशन प्रतिनिधिमा रेखा अर्याल र लेखकुमारी पुडासैनी, जनजाति महाधिवेशन प्रतिनिधमा डम्बरबहादुर तामाङ, देवसुन्दर बज्राचार्य र लालबहादुर लामा, जनजाति महिलातर्फ झुमा लामा र सत्यभामा श्रेष्ठ विजयी हुनुभएको छ ।
दलिततर्फ महाधिवेशन प्रतिनिधिमा विक्रम सुनार र अपाङ्ग एवं अल्पसङ्ख्यकतर्फ महाधिवेशन प्रतिनिधिमा अनिलध्वज कार्की निर्वाचित हुनुभएको निर्वाचन अधिकृत पण्डितले जानकारी दिनुभयो ।
त्यसैगरी काठमाडौँ क्षेत्र नं ४ को सभापतिमा श्यामकृष्ण सङ्गत सर्वसम्मत चुनिनुभएको छ । उक्त क्षेत्र कांग्रेस केन्द्रीय सदस्य एवं सांसद गगन थापाको क्षेत्र हो ।
सभापतिबाहेक अन्य पदाधिकारी, सदस्य र महाधिवेशन प्रतिनिधिका लागि भने मतगणना भइरहेको निर्वाचन अधिकृत कृष्णनाथ शर्माले राससलाई जानकारी दिनुभयो । सो क्षेत्रमा कुल ३०७ मतदाता छन् ।
कांग्रेस काठमाडौँ क्षेत्र नं ६ को सभापतिमा खड्गी विजयी
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ को सभापतिमा श्यामकृष्ण खड्गी विजयी हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न मतगणनाअनुसार खड्गीले १८८ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कृष्णमान श्रेष्ठले १७९ मत प्राप्त गर्नुभयो ।
सचिवमा उत्तम अधिकारी १९५ र रामशरण पाण्डे १८१, सहसचिवमा श्रीकृष्ण विडारी २११ र रवि सापकोटा १६२ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत शिवप्रसाद कँडेलले जानकारी दिनुभयो ।
खुला महाधिवेशन प्रतिनिधिमा कृष्ण सबुज बानियाँ २२८, इन्द्रमान महर्जन १९४, भीमसेनदास प्रधान १९१, हरिहर अधिकारी १७८, मनोज भण्डारी १६२, मोहम्मद निजामुद्दीन १४५, रुपकराज कुँवर १५६, सानुभाई सापकोटा १५८, केदारनाथ पाठक १४४ र इच्छाराम कार्की १४७ मत ल्याई विजयी हुनुभएको छ ।
यस्तै महिला खुलातर्फ हरिप्रभा खड्गी, यासीमा रहमान, जीवन डङ्गोल र अम्बिका शर्मा लामिछाने, पुरुष खस आर्यमा तेजेन्द्रजङ्ग कार्की, इञ्जिनीयर लक्ष्मण केसी र नवराज भण्डारी, महिला जनजाति सावित्री राजभण्डारी र सविता महर्जन निर्वाचित हुनुभएको छ ।
यसैगरी पुरुष आदिवासी जनजातितर्फ सानुकाजी प्रजापति, विजयकुमार लामा र भाइराम खड्गी विजयी हुनुभएको छ । खड्गी र सुशन वैद्यले समान १६७ मत प्राप्त गरेपछि गोलाप्रथाबाट खड्गीलाई विजयी घोषणा गरिएको हो । खस आर्य महिलामा सिर्जना ढकाल र कान्ता अधिकारी निर्वाचित हुनुभएको छ । समावेशी समूहअन्तर्गत दलितमा गोविन्द परियार निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत कँडेलले जानकारी दिनुभयो ।
उक्त निर्वाचन क्षेत्रमा ३७७ मत रहेकामा ३७५ मत खसेको थियो । काठमाडौँ क्षेत्र नं ६ मा बागबजार, ठमेल, लैनचौर, सामाखुशी, गोँगबु, टोखा, झोर, महाँकाल, साङ्ला, काभ्रेस्थली, मनमैजुलगायत क्षेत्र पर्दछन् ।
भक्तपुर क्षेत्र नं १ सभापतिमा खत्री र २ मा कार्की विजयी
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भक्तपुरमा भएको दुई निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
मङ्गलबार भएको मतदानको आज आएको नतिजाअनुसार नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा जीवन खत्री र क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा भेषबहादुर कार्की निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, क्षेत्र नं १ को सचिवमा समुन्द्र थापा र रबिनकुमार केसी तथा सहसचिवमा रामकाजी भुज र राजेश्वर वन निर्वाचित हुनुभएको छ । कार्यसमिति सदस्यमा आदिवासी जनजाति खुल्लातर्फ बलबहादुर श्रेष्ठ र सहदेव श्रेष्ठ तथा प्रदेशसभा ‘क’ बाट लक्ष्मीभक्त गोसाईं, नीलकृष्ण साख र महिलातर्फ कमलकेशरी चौगुठी निर्वाचित हुनुभएको छ । कार्यसमितिका अन्य सदस्यहरु निर्विरोध निर्वाचित भएको बताइएको छ ।
त्यस्तै क्षेत्र नं १ बाट निर्वाचित महाधिवेशन प्रतिनिधिमा प्रवीन वन, बाबुराजा जोशी, राधा कार्की (सरु बानिँया), कृष्णलाल भँडेल, जीवन खत्री, जग्गनाथ कार्की, राजाराम खड्का, दयामान कमर्चाय, हरिप्रसाद नेपाल, पुष्कर खत्री, पुरुषत्तोम लामिछाने, मनोजकुमार थापा, गोविन्द थापा, नवराज दाहाल रहेका छन् ।
त्यस्तै, शुभद्रा काफ्ले, सङ्गीता फुयाँल, रुपा थापा, गङ्गालक्ष्मी अवाल, रजनी जोन्छे, रञ्जना कक्षपति, सुरेश श्रेष्ठ, रत्नसुन्दर खाइतु, जीवन भुजू, केशव दुवाल र हरिकृष्ण श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । त्यसैगरी, महाधिवेशन प्रतिनिधिमा जीवन खत्री, गोविन्द थापा र नवराज दाहाल पनि निर्वाचित भएका छन् ।
त्यसैगरी कांग्रेस भक्तपुर क्षेत्र नं २ को सचिवमा ईश्वर खड्का र सबिन ढुङ्गेल तथा सहसचिवमा सुसन प्रजापति र मीना चित्रकार श्रेष्ठ विजयी हुनुभएको छ । महिला सदस्यमा रीना महर्जन, खुल्ला सदस्यमा बाबुकाजी डङ्गोल, वीरजी श्रेष्ठ, धर्मभक्त श्रेष्ठ, आदिवासी जनजाति महिलामा मधु श्रेष्ठ विजयी हुनुभएको छ । आदिवासी जनजाति खुल्लातर्फ हरिभक्त हेक्का, वीरेन्द्र प्रजापति, खस आर्य महिलातर्फ दुर्गा न्यौपाने, खस आर्य खुल्लातर्फ प्रल्हाद कार्की र अचुत केसी विजीय भएको छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधि महिलातर्फ रमा कोइराला पौडेल, दुर्लभ थापा, अष्टकुमार कवें, मदनकृष्ण श्रेष्ठ, नारायणभक्त खायमली, विष्णुराज कार्की, मुरारीप्रसाद आर्चाय, उद्धव सिलवाल, राजनकाजी त्वाती, गणेशमान चक्रधर र सन्तोष भट्टराई, अञ्जनादेवी मध्यकर्मी, प्रमिला सुवेदी आचार्य र कमला कर्मचार्य विजयी हुनुभएको छ ।
यस्तै, आदिवासी जनजाति खुल्लातर्फ ज्ञानदास प्रजापति, दिलकृष्ण प्रजापति र रामकाजी चक्रधर विजयी हुनुभएको छ भने खस आर्य महिलातर्फ सङ्गीता थापा, सुमित्रा सापकोटा, खस आर्य खुल्लातर्फ अचुतप्रसाद मिश्र, लछुराम न्यौपाने र उमेश खड्का विजयी हुनुभएको छ ।
दलिततर्फ पूर्ण नेपाली बिसुङ्के, मुस्लिम अपाङ्ग मधेसीतर्फ कसबहादुर कोजु, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति महिलातर्फ नारायणदेवी जाकिबञ्जार र खुल्लातर्फ मिठाराम न्यौपाने, मनिराज थापा, महितर्फ हीरा श्रेष्ठ र खुल्लातर्फ राजभक्त श्रेष्ठ तथा राजेश श्रेष्ठ हुनुभएको छ ।
दुवै क्षेत्रमा मङ्गलबार भएको निर्वाचनमा क्षेत्र नं १ को मतपरिणाम मङ्गलबार राति र क्षेत्र नं २ को मत परिणाम आज बिहान ११ः३० बजे निर्वाचन समितिले सार्वजनिक गरेको थियो । क्षेत्र नं २ का मङ्गलबार मतदानका क्रममा विवाद भएपछि रोकिएको मतदान साँझ पुनः सुरु भएको थियो ।
नेपाली कांग्रेस जिल्ला सभापतिमा वर्तमान सभापति दुर्लभ थापा र अष्टकुमार कवेँबीच प्रतिस्पर्धा हुने देखिएको छ । १३औँ महाधिवेशनमा पनि थापा र कवेँबीचको कडा प्रतिस्पर्धामा थोरै मतान्तरले थापा विजयी हुनुभएको थियो ।
चितवनका तीन निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ नेतृत्व
नेपाली कांग्रेसको १४औँ महाधिवशेन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । क्षेत्र नं १ मा किरणभूषण ओली, २ मा भरत लामिछाने र ३ मा लालबहादुर दवाडी निर्वाचित हुनुभएको छ ।
यही मङ्सिर ६ गते भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र मतदानपछि मङ्गलबार साँझ सम्पन्न मत गणनाले तीनै क्षेत्रमा नयाँ नेतृत्व निर्वाचित गरेको हो । क्षेत्र नं १ मा ओलीले ४९१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी इन्द्रकमल बुढाथोकीले ४२३ मत प्राप्त गर्नुभयो ।
यस्तै क्षेत्र नं २ मा लामिछानेले ५०३ मत प्राप्त गर्दा अर्का उम्मेद्वार लक्ष्मण गुरुङ्ले ४४५ मत प्राप्त गर्नुभयो । यस्तै क्षेत्र नं ३ मा दवाडीले २९८ मतका साथ विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी दामोदर न्यौपाने, अमृतबहादुर बानियाँ, जगन्नाथ कँडेल र देवेन्द्रप्रकाश क्षेत्रीलाईपछि पार्दै उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो ।
अधिवेशनका क्रममा जिल्ला शीर्ष नेतृत्वको पराजय भएको छ । पूर्वमन्त्रीदेखि मन्त्रीका निजी सचिवसम्म महाधिवेशन प्रतिनिधिमा पराजय बेहोर्नु परेको छ । पराजय हुनेमा पूर्व सभापति एवं जलस्रोतमन्त्री नारायण शर्मा, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, प्रदेशसभा सदस्य गीता वाग्ले, पूर्व सांसद जगन्नाथ पौडेल, गृहमन्त्री बालकृष्ण खाँडका निजी सचिव नरेन्द्र केसी महाधिवेशन प्रतिनिधिमा पराजय बेहोर्नु परेको छ ।
महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं १ बाट गीता देवकोटा, निता ढकाल, शशी महतो, सावित्री बोगटी (पाठक), उत्तम आचार्य, कुमार कार्की, प्रा डा तीर्थराज खनिया, दिवाकर अर्याल, प्रदीप बस्नेत, वासुदेव ढुङ्गाना, भेषराज दुवाडी, राजुप्रसाद सिलवाल, राजेन्द्रप्रसाद बुर्लाकोटी, शरदकुमार बर्तौला निर्वाचित हुनुभएको छ ।
त्यसैगरी शशी रानाभाट, सरस्वती पौडेल, नेमराज शर्मा पौडेल, सरोज कुँवर, कमलादेवी श्रेष्ठ, जयन्द्रकुमार श्रेष्ठ, धनबहादुर गुरुङ्, शेरबहादुर परियार, चन्द्रकुमारी चौधरी, चन्द्रविक्रम चौधरी, महेश रोनियार विजयी हुनुभएको छ ।
क्षेत्र नं २ बाट गीताकुमारी गुरुङ्, मीनाकुमारी खरेल, निरु कार्की, विनु रायमाझी पौडेल, डा इश्वरी लौडारी, उत्तम जोशी, केशव महर्जन, जीतनारायण श्रेष्ठ, टङ्कनाथ पौडेल, देवेन्द्र गुरुङ्, प्रकाश अधिकारी, मिलनबाबु श्रेष्ठ, राजकुमार राजभण्डारी, राजेश्वर खनाल, कमला पौडेल, पार्वती शाह, ऋषि खनाल, रामशरण कुँवर, इन्द्रमायाँ लामा, गौरीकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
सोही क्षेत्रबाट रामकुमार श्रेष्ठ, सरोज गुरुङ्, शान्ति परियार, डा फणिन्द्रकुमार चौधरी र नरजङग प्रजा निर्वाचित हुनुभएको छ । क्षेत्र नं ३ मा महाधिवेशन प्रतिनिधिमा अञ्जनी श्रेष्ठ, गीता गुरुङ, शारदा गुरुङ, सविता बराल, उमेश श्रेष्ठ, कैलाश कोइराला, चन्द्रध्वज गुरुङ्, टेकप्रसाद गुरुङ, दिनेश कोइराला, भरत गुरुङ, रामकृष्ण घिमिरे, विजय शर्मा भूषाल, शङ्करप्रसाद कँडेल, डा सूर्यकान्त घिमिरे, कमला रानाभाट, सरिता केसी, केदारनाथ कोइराला, बलराम पौडेल, सम्भुबहादुर भण्डारी, सूर्यबहादुर बस्नेत, तारा गुरुङ्, कर्णबहादुर गुरुङ्, बेलवबहादुर गुरुङ, विष्णुमाया परियार, साजनकुमार महतो, कृष्णबहादुर भुजेल निर्वाचित हुनुभएको छ । महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमिति निर्वाचन यही मङ्सिर ११ गतेहुँदै छ ।
कांग्रेस महाधिवेशन : महामन्त्री खड्का विजयी
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ । कूल खसेको ८७४ मध्ये उहाँले ७३६ मत प्राप्त गर्नुभयो ।
कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनित भएर जाने व्यवस्था विधानतः भए पनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने इच्छा व्यक्त गर्दै महामन्त्री खड्काले सुर्खेत क्षेत्र नं १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको थियो । त्यस्तै उक्त क्षेत्रबाट सभापतिमा झकबहादुर डाँगीको प्यानल विजयी भएको निर्वाचन अधिकृत नारायण कँडेलले जानकारी दिनुभयो ।
डाँगीले ७१९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी बलबहादुर वलीले १०३ मत प्राप्त गर्नुभयो । त्यस्तै सचिवमा मोहन राना ७२० र पदमबहादुर खत्री ७१७ तथा सहसचिवमा प्रेमसिंह ठकुरी ६८४ र यामलाल पङ्गाली ६८७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
तनहुँ कांग्रेसको नेतृत्वमा युवा
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तनहुँमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको नेतृत्वमा युवाको वर्चस्व देखिएको छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा क्षेत्र रहेको जिल्लामा युवा नेतृत्वमा आएका हुन् ।
तनहुँ क्षेत्र नं १ को सभापतिमा युवा नेता श्याम मौराती निर्वाचित हुनुभएको छ । यही क्षेत्रको सचिवमा तरुण दलका सचिव दयानिधि नराल र बन्दीपुरका युवा नेता राजु बानियाँ निर्वाचित हुनुभएको छ । सहसचिवमा शैलेश खाती र युवराज आले निर्वाचित हुनुभएको छ ।
तनहुँ क्षेत्र नं २ को सभापतिमा नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष चूडामणि खनाल निर्वाचित हुनुभएको छ । सचिवमा तरुण दल व्यास नगरका कार्यवाहक सभापति जीवन चन्द ठकुरी र सन्तोष घिमिरे निर्वाचित हुनुभएको छ । दुवै क्षेत्रको कार्यसमिति सदस्यमा पनि युवा निर्वाचित भएका छन् ।
तनहुँ क्षेत्र नं २ (क) को सचिवमा युथ कांग्रेसका जिल्ला संयोजक राजेशकुमार श्रेष्ठ अत्यधिक मतसहित निर्वाचित हुनुभयो । समग्र युवाको प्रतिनिधित्व गर्दै आफू उम्मेदवार बनेको र विजयी भएको उहाँले बताउनुभयो ।
महाधिवेशन प्रतिनिधिमा पनि युवाको उम्मेदवारी रहे पनि केही युवा पराजित हुन पुगे भने केही युवा निर्वाचित भएका छन् । नेपाल तरुण दल तनहुँका वरिष्ठ उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, अधिवक्तासमेत रहनुभएका मिलन आले, नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराई, चामबहादुर थापा युवाको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ ।
तनहुँ क्षेत्र नं १ (क) बाट प्रदेश प्रतिनिधिमा अत्यधिक मत ल्याएर निर्वाचित नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालले युवा पुस्ताको पार्टीमा आकर्षण बढेको बताउनुभयो । युवा नेविसङ्घ र तरुण दलमा जोडिने तर यी दुवै सङ्गठन निष्क्रिय रहेकाले युवाको पार्टीको नेतृत्वमा आकर्षण बढेको उहाँको बुझाइ छ ।
उहाँले युवाले नेतृत्व चयनमा आफ्नो सहभागिता खोज्न थालेकाले पनि पार्टीको नेतृत्वमा युवा निर्वाचित भएको बताउनुभयो । पार्टीको मूलधारमा युवा आउँदा पार्टी क्रियाशील हुने उहाँको विश्वास छ ।
कांग्रेस दाङ : तीनवटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक
दाङमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनका लागि तीन वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । दाङ क्षेत्र नं १ को सभापतिमा भेषराज पाण्डे निर्वाचित हुनुभएको छ । पाण्डेले ४२२ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी सर्वजीत डिसीले २५७ मत प्राप्त गर्नुभयो ।
क्षेत्र नं २ मा ३६६ मतसहित भीमप्रकाश खड्का विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी चित्रबहादुर डाँगी(निर्मल)ले २६६ मत प्राप्त गर्नुभयो । सचिव पदमा आरके शीतल र डाँगी प्यानलका हिमबहादुर डाँगीले समान ३२१ मत प्राप्त गरी विजयी हुनुभयो । त्यस्तै सहसचिव पदमा रमेशकुमार पाण्डे ४०२ र रञ्जित श्रेष्ठ ३३९ मत प्राप्त गरी निर्वाचित हुनुभयो ।
क्षेत्र नं ३ मा ४३८ मत प्राप्त गरेर जगतबहादुर खड्का निर्वाचित हुनुभयो । उहाँका प्रतिद्वन्द्वी सुरेन्द्रबहादुर खड्काले ३११ मत प्राप्त गर्नुभयो । यस्तै सभापतिका अर्का उम्मेदवार किरण शाहले ६८ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा सचिवमा पूर्णबहादुर खत्री र शोभाकर सापकोटा निर्वाचित तथा सहसचिवमा डेफुलाल चौधरी र भीमकान्त भट्टराई निर्वाचित हुनुभएको छ ।
सुर्खेतका दुवै क्षेत्रमा संस्थापन पक्ष हावी
नेपाली कांग्रेस महाधिवेशनअन्तर्गत सुर्खेतमा भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्रका दुवै क्षेत्रमा संस्थापन पक्षले जितेको छ । क्षेत्र नम्बर १ मा भएको निर्वाचनमा सभापतिमा संस्थापन समूहका झकबहादुर डाँगी विजयी हुनुभएको छ । सचिवमा संस्थापन समूहका मोहन राना र पदमबहादुर खत्री विजयी हुनुभयो । सहसचिवमा संस्थापन समूहका प्रेमसिंह ठकुरी र यामलाल पङ्गाली विजयी हुनुभएको छ ।
यस्तै महाधिवेशन प्रतिनिधिमा महामन्त्री पूर्णबहादुर खड्कासँगै उदय गिरी, ऋषिप्रसाद शर्मा, खड्गबहादुर पोखरेल, खिमानन्द ढकाल, देवबहादुर चन्द, नरहरि भट्टराई, लक्ष्मीदत्त पौडेल, हरिप्रसाद शर्मा, हीरामणि सुनार, अमृता शाही, खगीसरा आचार्य, धनकुमारी बुढा योगी, मैना विक, यामकुमारी बैगार, उदे कामीलगायत विजयी हुनुभएको छ ।
त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ को अधिवेशनमा पनि पार्टी सभापति शेरबहादुर देउवा पक्षको प्यानलले नै वर्चस्व जमाएको छ । क्षेत्रीय सभापतिका लागि भएको मतदानमा देउवा पक्षका इन्द्रबहादुर रावल विजयी हुनुभएको छ । सचिवमा दिलीपकुमार वाग्ले र बदबहादुर विष्ट विजयी हुनुभएको छ । सहसचिवमा गगनबहादुर नेपाली र शेरबहादुर अधिकारी विजयी हुनुभएको छ ।
यस्तै प्रत्यक्षतर्फ सदस्यमा काले कामी, चक्रबहादुर सिंह, देवबहादुर थापा, महिला सदस्य वसन्तीकुमार बस्नेत, खस आर्य पुरुषतर्फ छत्रबहादुर बडुवाल, सुशील भट्टराई, महिलातर्फ सीता पौडेल, जनजाति सदस्यमा सुनिता गुरुङ, दलित सदस्यमा नयनसिंह विक र भद्राकुमारी मिजार मत ल्याएर विजयी हुनुभएको छ ।
त्यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उपेन्द्रबहादुर थापा, कलमबहादुर खड्का कालीप्रसाद शाक्य, टोपबहादुर रावत, तीर्थजङ्ग शाही, नारायणप्रसाद सापकोटा, निरञ्जन केशी, यज्ञबहादुर बुढाक्षेत्री, विष्णुबहादुर खड्का र श्यामकुमार भारती विजयी हुनुभएको छ । थापा पञ्चपुरी नगरपालिकाका मेयर र बुढाक्षेत्री पूर्वमन्त्री हुनुहुन्छ ।
यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि महिलातर्फ जानकी सिंह, धनादेवी विष्ट मुक्तिदेवी पुरी, रुक्मिणी रेग्मी, खसआर्य पुरुषतर्फ डिल्लीराम पाठक, देवकुमार सुवेदी, विवेक आचार्य, महिलातर्फ जयमाला योगी, हजुरा शाही, आदवासी जनजाति पुरुषतर्फ पूर्णबहादुर राना, आदिवासी महिलातर्फ अमृता पुलामी मगर, दलितमा लोकबहादुर विश्वकर्मा, शान्ति पहाडी र मुस्लिममा सतार बक्स विजयी हुनुभएको छ । यसअघि भएको प्रदेशसभा निर्वाचन, गाउँ/नगर तथा वडा अधिवेशनमा पनि संस्थापन पक्षले जितेको छ ।
बागलुङ क्षेत्र नं १ को सभापतिमा शर्मा विजयी
नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ मा चण्डीप्रसाद शर्मा विजयी हुनुभएको छ । प्रतिस्पर्धी खडकबहादुर थापालाई चार मतान्तरले पराजित गर्दै शर्मा विजयी हुनुभएको हो । शर्माले ५५४ मत प्राप्त गर्नुभएको छ भने थापाले ५५० मत मात्रै प्राप्त गर्नुभयो । सचिवमा शर्माको प्यानलबाटै जयराम भारी र गोबिन्द पौडेल (गोपाल) र सहसचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी हुनुभएको छ ।
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं १ बाट खुल्ला सदस्यतर्फ जगदीशचन्द्र उपाध्याय, हरिहर शर्मा, डिल्लीराम सुवेदी, मणिभद्र शर्मा कँडेल, प्रकाश शर्मा पौडेल, नवराज पौडेल, ओमकार थापा, चिरञ्जीवी गौतम, प्रकाश आचार्य र हरिप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
खस आर्यबाट महिला सदस्यमा कमला पराजुली र भगवती शर्मा सापकोटा, खस आर्य खुल्ला सदस्यमा उमाकान्त पौडेल, नारायण शर्मा पौडेल र विष्णु शर्मा दारी विजयी हुनुभयो । आदिवासी जनजाति महिला सदस्यमा बेमकुमारी थापा, खुल्लामा वसन्तकुमार श्रेष्ठ र भीम श्रीषले चुनाव जित्नुभयो । दलित महिला सदस्यमा दुर्गादेवी विश्वकर्मा र दलित खुल्ला सदस्यमा सीताराम रसायली विजयी हुनुभयो । मुस्लिम, अपाङ्ग, अल्पसङ्ख्यकमा प्रेमबहादुर छन्त्याल निर्वाचित हुनुभएको छ ।
रुपन्देही क्षेत्र नं २ को सभापतिमा लम्साल
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट रुपन्देही क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी हुनुभएको छ । मङ्गलबार राति सम्पन्न क्षेत्रीय अधिवेशनबाट अर्का प्रतिस्पर्धी काजीमान श्रेष्ठलाई १६० मत अन्तरले हराउँदै लम्साल विजयी हुनुभएको हो । दोस्रो कार्यकाल पुनः सभापति बन्नुभएका लम्सालले ४०२ मत प्राप्त गर्नुभएको थियो भने श्रेष्ठले २४२ मत प्राप्त गर्नुभएको प्रमुख मतदान अधिकृत टीकाराम शर्माले जानकारी दिनुभयो ।
त्यसैगरी, सचिव पदमा प्रजापाल गिरी र विमलराज भट्टराई निर्वाचित हुनुभएको छ भने सहसचिव पदमा मिलन थापा र राजबहादुर क्षेत्री निर्वाचित हुनुभएको छ । यसअघि मतगणनाका क्रममा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसीमाथि आक्रमण भएपछि केही बेर मतगणना रोकिएको थियो ।
पाल्पाका दुई निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पाल्पामा दुई निर्वाचन क्षेत्रको अधिवेशन सकिएको छ । यहाँ भएको निर्वाचनमा क्षेत्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नं १ पाल्पाको सभापतिमा झमनबहादुर राजमगर निर्वाचित हुनुभएको छ । राजमगरले सभापतिका लागि भएको मतदानमा उहाँका प्रतिस्पर्धी विष्णुबहादुर बोमरेललाई पछि पार्दै ४४९ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी बोमरेलले १३० मत प्राप्त गर्नुभएको छ ।
क्षेत्रीय कार्यसमितिका लागि सभापति र खुल्ला सदस्यका लागि मतदान भएको थियो । अन्य पदाधिकारी भने निर्विरोध चयन भएको छ । सचिवमा कपिलबहादुर खाँण र मधु पराजुली निर्विरोध चयन हुनुभएको हो ।
त्यस्तै, सहसचिवमा जङ्गबहादुर दर्लामी र दीपक अर्याल, खुल्ला महिला सदस्यमा पार्वती न्यौपाने, खस आर्यमा सदस्यमा तिलकबहादुर मल्ल, आदिवासी जनजाति खुल्ला सदस्यमा केशवकुमार ढेङ्गा र बमबहादुर सिञ्जाली, आदिवासी जनजाति महिला सदस्यमा नरदेवी थापा र रुमाकला राना, दलित खुल्ला सदस्यमा क्षेत्रबहादुर नेपाली निर्विरोध र मुस्लिम सदस्यमा जुनु सेख निर्विरोध चयन हुनुभएको छ ।
खुल्लातर्फको तीनजना सदस्यका लागि भएको मतदानमा महादेव खड्का ३५२ मत, दलबहादुर थापा ३४२ मत र मधुसूदन पोखरेल ३१५ मतसहित निर्वाचित हुनुभएको हो । प्रतिस्पर्धी भेषराज सापकोटाले २२४ मत र विष्णुप्रसाद गौतमले २४२ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ ज्ञानबहादुर गाहा ४८९ मत, रमणबहादुर थापा ४४४ मत, देवराज ढकाल ४२६ मत, सन्तोषकुमार थापा ४२९ मत, कृष्णप्रसाद अधिकारी ३७६ मत, दानबहादुर पछाई ३६३ मत, कल्प पौडेल ३२५ मत, शालिकराम पाण्डे ३१३ मत, लक्ष्मण भट्टराई ३०९ मत र खगेश्वर पाठक ३०३ मतसहित निर्वाचित हुनुभएको छ ।
महाधिवेशन प्रतिनिधिका प्रतिस्पर्धीहरु डिल्लीराज रेग्मीले २११ मत, नवीन थापाले १४२ मत, राम शाहले २२१ मत, रामचन्द्र नेपालले १५४ मत, लक्ष्मण बस्यालले ३०० मत, विजयराज घिमिरेले २१३ मत र शंकर खनालले २८८ मत प्राप्त गर्नुभएको छ ।
खुल्ला महिलातर्फ पवित्रा पौडेल ढकाल ४४८ मत विष्णुमायाँ ढकाल ४४० मत, गङ्गा पँगेनी ३४६ मत र दुर्गादेवी भण्डारी ३१३ मतसहित निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी विष्णुदेवी आचार्यले २८२ मत, तारा रसाइलीले २५३ मत प्राप्त गर्नुभएको छ ।
खस आर्य खुल्लामा खिमबहादुर क्षेत्री (पुरुषोत्तम) ३३४ मतसहित निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी ऋषिराम भट्टराईले ११४ र कृष्णप्रसाद शर्मा पौडेलले १०७ मत प्राप्त गर्नुभयो ।
कूल ६१८ मत खसेकामा आदिवासी जनजाति खुल्लामा सन्दीप राना ५१० मत, पूर्णकुमार सोती ४२१ मत, विष्णुकुमार थापा ३९९ मत र दिलबहादुर ढेङ्गा ३८७ मतसहित चयन हुनुभएको छ । प्रतिस्पर्धी बोमबहादुर थापाले ३३२ मत प्राप्त गर्नुभएको थियो ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दलित खुल्लातर्फ तीनजना प्रतिस्पर्धीमध्ये अर्जुन विक २५६ मतसहित निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी अर्जुन विश्वकर्मा (सुनार)ले १८९ मत, एकबहादुर सार्कीले ७९ मत र भीमबहादुर सुनारले २२ मत प्राप्त गर्नुभएको छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिअन्तर्गत आदिवासी जनजाति महिलामा नरिसरा गाहा, मुना थापा र सीमादेवी थापा, खस आर्य महिलामा विजयकुमारी भट्टराई र मुस्लिम समुदायबाट हजुलदिन मियाँ महाधिवेशनमा निर्विरोध चयन हुनुभएको छ ।
क्षेत्र नं २ को सभापतिमा जिसी विजयी
नेपाली कांग्रेस क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा मुक्तिराम जिसी विजयी हुनुभएको छ । जिसीले ४६० मत प्राप्त गरी विजयी बन्नुभएको छ । उहाँको प्रतिस्पर्धी यादवसिंह कार्कीले २१४ मत प्राप्त गर्नुभएको छ । कूल ७०४ मत खसेकामा पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्लातर्फ वीरबहादुर राना ५४४, हिमालदत्त श्रेष्ठ ५२३, कृष्णप्रसाद बस्याल ४९०, झपेन्द्र गहिरे ४८७, मेजरसिंह केसी ४७३, लालकुमारी राना ४३८, शङ्कर रायमाझी ४३०, विधानप्रसाद श्रेष्ठ ४२४ र यमलाल तिमिल्सिनाले ४२१ मत प्राप्त गर्नुभएको छ ।
रामेश्वर पन्थी ३४४, राम कार्की ५१४, सुनिता अधिकारी ४९८, शान्ता बोहोरा ४८६, धनकला गाहा ४५३, केन्द्रीय महाधिवेशन प्रतिनिधि (आदिवासी जनजाति खुल्लातर्फ) राजेन्द्रगोपाल सिंह ५०६, कृष्णबहादुर राना ४९०, नलबहादुर राना मगर ४८५ र केन्द्रीय महाधिवेशन प्रतिनिधि दलिततर्फ लक्ष्मण हिताङ ४३७ मतसहित विजयी हुनुभएको छ ।
जिल्ला अधिवेशन मङ्सिर १० गते हुने मिति निश्चित भएसँगै नेपाली कांग्रेस पाल्पाको सभापति पदका लागिसमेत तयारी अगाडि बढेका छन् । यस पटकको महाधिवेशनमा जिल्लामा पुराना तथा नयाँ पुस्ता चुनिएर आएका छन् ।
कञ्चनपुर सभापति महाधिवेशन प्रतिनिधिमा पराजित
नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट बोहरा महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवार हुनुहुन्थ्यो ।
सभापति बोहराले २४४ मत प्राप्त गर्नुभयो । यस्तै पूर्वसांसद बलदेब बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । उहाँले १९० मत प्राप्त गर्नुभयो । सो निर्वाचन क्षेत्रमा पुरुषतर्फ १९ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । दश जना निर्वाचित भएका छन् । निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा बहादुरसिंह थापा, चिन्तामणि भट्ट, हेमराज ओझा, लोकबहादुर देउवा, पुष्करराज ओझा, दलबहादुर बोहरा, मीनबहादुर सिंह, दुर्गादत्त भट्ट, उद्धव बोहरा र टीकाराम बैज छन् । क्षेत्र नं २ मा कूल ५०४ मत खसेको थियो ।
यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिमा यज्ञराज जोशी, खगेश्वर बोहरा, बेलबहादुर रानामगर, प्रकाश थापा, दीपक सिंह, पदम बोगटी, आसेफ कुवँर (भुन्टु), तारणीदत्त चटौत, जङ्गबहादुर चन्द र बीरबहादुर सुनार निर्वाचित भएका छन् । सो क्षेत्रमा पुरुष खुलातर्फ ३२ जना महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
क्षेत्र नं २ को सभापतिमा लालबहादुर सिंह विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नवराज जोशीलाई १८४ मत अन्तरले पराजित गर्नुभएको हो । सिंहले ३४१ तथा जोशीले १५७ मत प्राप्त गर्नुभयो । सचिवमा गणेशबहादुर विष्ट ३५० र थानेश्वरप्रसाद भट्ट ३३१ मतसहित निर्वाचित हुनुभयो । यसअघि निर्वाचन क्षेत्र नं ३ को सभापतिमा भने केशवहादुर चन्द निर्वाचित हुनुभएको थियो । चन्दले ३३० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत प्राप्त गर्नुभएको थियो । सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट तथा सहसचिवमा अर्जुन भट्ट र खड्कबहादुर बस्नेत निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
झापाबाट को को निर्वाचित ?
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत झापाका ५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । सोमबार सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं १ मा ईन्द्रबहादुर बुढाथोकी विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी गोपाल तामाङलाई पराजित गर्नुभएको हो। क्षेत्र नं २ मा खगेन्द्र मौनाली निर्वाचित हुनुभएको छ। क्षेत्र नं ३ मा गणेश पोखरेल प्रतिस्पर्धी राजेन्द्र घिमिरेलाई पराजित गर्दै सभापति निर्वाचित हुनुभएको छ ।
क्षेत्र नं ४ मा जयनारायण शाह निर्वाचित हुनुभएको छ । शाहले आफ्ना प्रतिस्पर्धी नारायणप्रसाद बजगाईंलाई पराजित गर्नुभयो । क्षेत्र नं ५ मा ढुण्डीराज भण्डारी निर्वाचित बन्नुभएको छ । भण्डारीले रोशनकुमार गौतमलाई पराजित गर्नुभएको हो ।
कुन निर्वाचन क्षेत्रबाट को-को निर्वाचित ?
झापा क्षेत्र नं १ स् झापा क्षेत्र नं १ बाट सभापतिमा ईन्द्रबहादुर बुढाथोकी निर्वाचित हुनभयो भने सचिवमा गुणरराज भट्टराई र सुरेन्द्र बुढाथोकी। सहसचिवमा खगेन्द्रबहादुर गिरी र दीपक काफ्ले निर्वाचित हुनुभयो ।
यस क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा २५ जना निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा अशोककुमार पोखरेल, केशवराज पाण्डे, तारावीर कटुवाल, पङ्कजविक्रम नेम्बाङ ,पुष्पराज पौडेल, प्रेम सम्बाहाम्फे, मणिकुमार उप्रेती, रामबहादुर कट्टेल निर्वाचित हुनुभएको छ।
यस्तै बिमल आचार्य, लोकराज ढकाल, दुर्गादेवी खतिवडा, उषा गुरुङ, गोमा भट्टराई, चन्द्रकला भट्टराई, तेजप्रसाद चौलागार्इं ९तेजु०, रोहितकुमार बुढाथोकी, टीका सुवेदी बराल, सुशीला रिजाल, खड्गबहादुर धिमाल, बालाजित राई डम्बरकुमारी थापा मगर, शोभा श्रेष्ठ, पोषककुमार दर्जी, गौतम मजुमदार९विकी०, र कालु मेचे निर्वाचित हुनुभएको छ ।
झापा क्षेत्र नम्वर २
झापा क्षेत्र नं २ बाट क्षेत्रीय सभापति पदमा खगेन्द्र मैनालील प्रतिस्पर्धी मोहन सुब्बालाई पराजित गरेर निर्वाचित हुनुभएको छ । सचिवमा रामबाबु धिमाल र चन्द्रप्रसाद चुँडाल निर्वाचित हुनुभयो भने सहसचिवमा जीवन थापा र नगेन्द्र बस्नेत ।
झापा क्षेत्र नं ३
झापा क्षेत्र नं ३ को सभापतिमा पुनस् गणेश पोखरेल निर्वाचित हुनुभएको छ । उहाँले राजेन्द्र घिमिरेलाई पराजित गर्नुभएको हो । सचिवमा गीताप्रसाद भट्टराई र भूपाल बस्नेत विजयी हुनुभएको छ।
यस क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा उर्मिलाकुमारी गौतम, तारादेवी बाराकोटी, लता कार्की र शर्मिला अधिकारी, टीकाराज ढकाल, कृष्णप्रसाद प्रसाइँ, खड्गप्रसाद राजवंशी, डम्बरसिंह सिगु, मनोज सुब्बा गौरव तथा ओमप्रकाश सरावगी विजयी हुनुभयो ।
त्यसैगरी जगतबहादुर बस्नेत, दयानन्द गोश्वामी, नवीन बिमली, विजय रिजाल, भगीरथ पोद्धार, भूमिप्रसाद राजवंशी, मोहन महर्जन, रामप्रसाद दुलाल, श्यामप्रसाद सिटौला र सीताराम खड्का महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ ।
झापा क्षेत्र नं ४
झापा निर्वाचन क्षेत्र नं ४ मा झापा गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका जयनारायण शाह तेस्रो पटक क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको छ । सचिवमा रुपनारायण खतिवडा, सुमन काफ्ले विजयी हुनुभएको छ । सहसचिवमा इन्द्रप्रसाद प्रसाईं र कोषराज गड्तौला निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्य खुल्लातर्फ नरेन्द्र बस्नेत, कृष्णप्रसाद कार्की , दुर्गाप्रसाद भट्टराई, सलबहादुर लिम्बू, गणेशबहादुर राई, पशुपतिनाथ दाहाल र पदमबहादुर रिमाल निर्वाचित बन्नुभएको छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जिल्ला सभापतिका उम्मेद्वार देउकुमार थेबे सर्वाधिक मत ल्याएर विजयी हुनुभयो भने कात्तिकलाल राजवंशी पर्शुराम ढुङ्गाना, उत्तमबहादुर चौलागाई खत्री, किरण भट्टराई, उत्तम शर्मा सुवेदी, भक्तिप्रसाद सिटौला , सीताराम भट्टराई , एकराज उप्रेती र सन्तोषकुमार मेन्याङवो प्रतिनिधिमा विजयी बन्नुभएको छ।
त्यस्तैकविता घिमिरे बस्नेत, शान्ता बस्नेत, अञ्जुदेवी थपलिया, देवीकुमारी ओली, गीता सिटौला, धनमाया चिमरिया, खड्गबहादुर कार्की, चन्द्रमणि नेपाल, मचिन्द्र शेर्मा, भीमप्रसाद राजवंशी, सुमनकुमार गुप्ता र उजाल अली महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ ।
झापा क्षेत्र नं ५
झापा क्षेत्र नं ५ बाट सभापति पदमा ढुण्डीराज भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारी पुनस् क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको हो । क्षेत्रीय सचिवमा धर्मानन्द भट्टराई र मुकुन्द उप्रेती निर्वाचित हुनुभयो भने सहसचिवमा गोपालराज दाहाल र डिल्ली चापागाईं ।
खुल्लातर्फ १० जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हुकुमसिंह राई, डा खगेन्द्र पाण्डव अधिकारी, रोहितकुमार साह, हेमन्त कार्की, सुरेश सुब्बा, राजनबहादुर ढुङ्गाना, मेदनीप्रसाद सिटौला, अनिलकृष्ण प्रसाईं, भुपालराज कटुवाल र टीकाराज सापकोटा निर्वाचित हुनुभएको छ ।
खुल्ला महिलातर्फ महेन्द्रकुमारी लिम्बू, रेगिना भट्टराई प्रसाईं, लक्ष्मी बाराकोटी र तुलसा पन्त विजयी भए भने आदिवासी जनजाति समूह ९पुरुषतर्फ० अइन्द्र विक्रम केरुङ र भूमिराज राई विजयी हुनुभएको छ । आदिवासी महिलामा रमा लिम्बू र फुलवती राजवंशी महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभयो ।
त्यसैगरी खस आर्य पुरुषतर्फ विक्रम अधिकारी र डा नेत्र बुढाथोकी विजयी हुनुभयो भने महिलातर्फ मन्दरा चिमरिया पौडेल र चन्द्राकुमारी खडका । मधेसी कोटामा सत्यनारायण चौधरी र अल्पसङ्ख्यकमा नीरज अग्रवाल निर्वाचित हुनुभएको छ ।
सोलुखुम्बुबाट को को आए ?
नेपाली कांग्रेसको यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने १४ औं महाधिवेशनका लागि सोलुखुम्बु जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन्।
खुलाबाट १० जना, प्रत्यक्ष महिलाबाट ४ जना, खस आर्यबाट १ जना, आदिवासी जनजाति खुलाबाट ४ जना, खस आर्य महिलाबाट १ जना, आदिवासी जनजाति महिलातर्फ ३ जना, दलिततर्फ १ जना, मधेशी–अल्पसंख्यकबाट १ जना महाधिवेशन प्रतिनिधि छानिएका हुन्।
खुलातर्फ आङगेलु शेर्पा, आङछिरिङ शेर्पा, कुशराज राई, खिलराज बस्नेत, नवीन थापा, प्रकाश सी कार्की, भोजराज कार्की, मंगल सी तामाङ, नातिकाजी गुरूङ, मनोज खड्का चुनिनुभएको छ।
प्रत्यक्ष महिलाबाट ४ जनामा एकाकुमारी बस्नेत, छिन्डि ल्हमु शेर्पा, रिना उप्रेती, गीता गुरूङ चुनिएका छन् । खस आर्यबाट प्रभुराम बस्नेत, आदिवासी जनजाति खुलाबाट ४ जनामा आङकाजी शेर्पा, जीवन गुरूङ, महेन्द्रदिप राई र ढलबहादुर मगर चुनिनु भयो ।
खस आर्य महिलाबाट टंकिमाया र पूजा फुयाल चुनिनुभयो भने आदिवासी जनजाति महिलातर्फ विमला गुरूङ, फुर्किमा शेर्पा, गान्धिमाया तामाङ । त्यस्तै दलिततर्फ धर्मबहादुर नेपाली, मधेशी र अल्पसंख्यकतर्फ अशोककुमार झा रहनुभएको छ ।
कांग्रेस पाँचथर सभापतिमा रुपनारायण जवेगु विजयी
नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अन्तर्गत पाँचथर जिल्ला सभापति रुपनारायण जवेगु विजयी हुनुभएको छ ।
जवेगुले ६ सय ३४ मत ल्याएर प्रतिस्पर्धी सुरेन्द्र कुमार दाहाललाई पराजित गर्नुभयो । दाहालले ४ सय१६ मत प्राप्त गर्नुभयो जबेगु यसअघि पार्टी सचिब हुनुहुन्थ्यो ।
पाँचथरको उपसभापतिमा डिकेन्द्र चेम्जोङ र बृजहांङ आङदेम्बे, सचिवमा दिपक नेपाल र डेकेन्द्र कुमार तामाङ विजयी हुनुभएको छ भने सहसचिबमा गजेन्द्र राई र सन्तोस श्रेष्ठ ।
कांग्रेस जाजरकोटको सभापतिमा वेदराज सिंह सर्वसम्मत निर्वाचित
नेपाली कांग्रेस जाजरकोटको जिल्ला सभापतिमा वेदराज सिंह सर्वसम्मत निर्वाचित हुनुभएको छ । स्थानीय कार्यदलले आइतबार सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
सहमति अनुसार जिल्ला उपसभापति खड्क बीसी र रत्न खड्का, सचिवमा हरिशचन्द्र बस्नेत र तेजविक्रम शाह निर्वाचित हुनुभएको छ । त्यस्तै सह(सचिवमा खडक विसी ९पजारु० र छवि पन्त चएन भएका छन् । कोषाध्यक्षपछि मनोनित गरिनेछ ।
यस्तै दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको जाजरकोटमा प्रदेश ९क० को क्षेत्रीय सभापतिमा लिलाबहादुर शाह र ९ख० मा जनक शर्मा ९न्यौपाने० निर्विरोध निर्वाचित भएका छन् ।
सभापति तथा प्रधानन्त्री देउवा दम्पत्ति सर्वसम्मत महाधिवेशन प्रतिनिधि
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा प्रधानमन्त्री पत्नी एवं कांग्रेस नेतृ डा। आरजु देउवा पार्टीको १४ औं महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत बन्न सफल हुनुभएको छ ।
देउवा दम्पत्ति कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनमा खुल्ला तर्फबाट निर्विरोध महाधिवेशन प्रतिनिधिमा चुनिनुभएको हो ।
प्रधानमन्त्री देउवा, डा।आरजुसँगै बलबहादुर गुरुङ, सरस्वती खड्का, कौशिल्ला कुमारी भट्ट, कलावती बोहरा, हरिना कामी र सन्तोष जैरु पनि सर्वसम्मत चयन हुनुभएको छ ।
जिल्ला अधिवेशनले जिल्ला कार्यसमितिमा उपसभापतिमा डिल्लीराज जोशी र लक्ष्मीप्रसाद अवस्थी पनि सर्वसम्मत चयन गरेको छ । त्यस्तै सहसचिवमा गोविन्द बोहरा र प्रेमबहादुर महर लगायत सदस्य तथा पदाधिकारीहरु पनि सर्वसम्मत हुनुभएको छ ।
कांग्रेस कास्की क्षेत्र नं १ को सभापतिमा राजेन्द्रमणि लामिछाने
पोखरा। नेपाली कांग्रेस कास्की क्षेत्र नं। १ को सभापतिमा राजेन्द्रमणि लामिछाने विजयी हुनुभएको छ । प्रतिस्पर्धी बुद्धिमान गुरुङलाई पराजित गर्दै लामिछाने सभापतिमा विजयी हुनुभएको हो। पार्टीको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको मतदानमा लामिछानेले ४५८ र गुरुङले ३३० मत प्राप्त गर्नुभयो। सभापतिमा विजयी लामिछाने पोखरा महानगरका निवर्तमान उपसभापति र तत्कालिन लेखनाथ नगर समितिका सभापति हुनुहुन्छ।
यसैगरी सचिवमा सरोज केसी र ओम प्रकाश गुरुङ विजयी हुनुभएको छ । केसीले ४५६ र गुरुङले ४१८ मत प्राप्त गर्नुभयो। सचिवका प्रतिस्पर्धी शोभामोहन पौडेलले ३२२ र जितेन्द्र गुरुङले १८८ मत प्रापत गर्नुभयो।
पार्टीको सहसचिवमा सुजता गुरुङ ३७१ र मोती गिरी ३४५ मत प्राप्त गरी विजयी हुनुभएको ।
कांग्रेसको महाधिवेशनः कास्की २ को सभापतिमा केशवप्रसाद निर्दोषी विजयी
नेपाली कांग्रेस कास्की क्षेत्र नं। २ को सभापतिमा केशव प्रसाद निर्दोषी विजयी हुनुभएको छ। प्रत्यासी पुण्डरी प्रसाद बराललाई पराजित गर्दै निर्दोषी विजयी हुनुभएको हो ।
पार्टीको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको मदतानमा निर्दोषीले २४७ र बरालले २३० मत प्राप्त गर्नुभयो। पार्टीको दुई सचिवमा देवकृष्ण पराजुली २३० र महेन्द्र अधिकारी २२६ मत प्राप्त गरी विजयी हुनुभयो।
सचिवमा प्रतिस्पर्धा गरेका गायत्री पराजुली १३४, सरोज नारायण बरालले १५२ र हिमराज अधिकारीले ११५ मत प्राप्त गर्नुभयो। सहसचिवमा भावना पाण्डे २३७ र विश्वराज आचार्य २०२ मत प्राप्त गरी विजयी बन्नुभयो । प्रतिस्पर्धी दीपेन्द्र बरालले ११२, माधव प्रसाद कंडेलले १०१ र शिवराज देवकोटाले १२३ मत प्राप्त गरे। सदस्यमा कृष्णप्रसाद सिग्देल, तारा गिरी, शारदाराज चालिसे र विष्णु सिग्देल विजयी हुनुभएकोछ।
कांग्रेस महाधिवेशनः कास्की २ मा मन्त्री थापालाई सर्वाधिक मत
नेपाली कांग्रेस कास्की क्षेत्र नं। २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको छिनोफानो भएको छ । कास्की २ मा २५ प्रतिनिधिका लागि ६२ जना उम्मेदवारको प्रतिस्पर्धा रहेको थियो।
सोमबार भएको मतदानमा कांग्रेस नेता एवं गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापाले सबैभन्दा धेरै मत ल्याएका छन् । उनले ३६१ मत ल्याउनुभयो । यसैगरी नेता देवराज चालिसेले ३२३ मत र गण्डकी प्रदेशका मन्त्री कुमार खड्का २८८ मत प्राप्त गर्नुभयो ।
यसैगरी नेताहरु वीरेन्द्र नारायण विजुक्छेले २६२, शोभियतबहादुर अधिकारीले २२१, विश्वराज आचार्यले २००, माधवप्रसाद बाँस्तोला मधुले १९८, ऋषिराम काफ्लेले १७८, गुरु बरालले १८० र अर्जुन पोखरेलले १६४ मत प्राप्त गरी विजयी हुनुभयो । खुला १० पदमा २५ नेताले चुनावी प्रतिस्पर्धा रहेको थियो ।
यता, महिला खुला प्रतिनिधिमा जिल्ला कोषाध्यक्षसमेत रहेकी नेतृ लक्ष्मी पाण्डेले १० जनामध्ये सबैभन्दा धेरै मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँले २७१ मत प्राप्त गर्नुभयो ।
यसैगरी जिल्ला सहसचिव रंगीला आचार्यले २३७, नम्रता बरालले २१८ र कुमारी मुना बाँस्तोलाले १८३ मत प्राप्त गरेर प्रतिनिधि बन्नुभयो ।
यस्तै, खस आर्य महिलामा कोपिला तिवारी २४७, र मिलन थापाले २४५ मत प्राप्त गरी विजयी हुनुभयो भने खसआर्य खुलामा किरण केसी ३५७, मुकुन्द बाँस्तोला ज्वाला २१०, मदन बस्नेत १६३ मत प्राप्त गरी विजयी बन्नुभयो ।
यता, आदिवारी जनजाति महिला प्रतिनिधिमा तीर्थकुमारी गुरुङ ३२१ र सुनयना पालिखे २१४ मत पाएर विजयी भने खुलामा आशिक गुरुङ १४९ र निर्मल प्रसाद कर्माचार्य १५४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
यसैगरी दलित खुलामा अर्जुन कुमार विक १९३, दलित अल्पसंख्यक र अपांगमा राधाकुमारी गुरुङ विजयी हुनुभएको छ ।
कास्की-३ बाट २४ जना प्रतिनिधि निर्वाचित
नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ बाट २४ जना महाधिवेशन प्रतिनिधि विजयी हुनुभएको छ । कास्की ३ मा २४ जना महाधिवेशन प्रतिनिधि पदका लागि ४३ जनाले प्रतिस्पर्धा गर्नुभएको थियो ।
कास्की कांग्रेसका पूराना नेता खेमराज पौडेलले सर्वाधिक मत प्राप्त गरी विजयी हुनुभएको छ भने कास्की कांग्रेसका उपसभापति आइबहादुर गुरुङ र निवर्तमान क्षेत्रीय सभापति पोषनाथ शर्मा महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ ।
यस्तै, संविधानसभा सदस्य शारदा पौडेल, कांग्रेसका पूराना नेताहरु महादेव गुरुङ, रामचन्द्र त्रिपाठी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर र ट्रेड युनियन कांग्रेस कास्कीकी पूर्वअध्यक्ष कूलदेवी बराल पनि कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ ।
यसैगरी महाधिवेशन प्रतिनिधिमा सीता अधिकारी, हीरा भट्टराई, डा। कृष्णप्रसाद पौडेल, दीपक गुरुङ, बाबुराम आचार्य, जुनाकुमारी जिसी, ई। विद्या बराल, विष्णुबहादुर क्षेत्री, भरतबहादुर अधिकारी, टेकन शोभा गुरुङ, सीता गुरुङ, आशबहादुर गुरुङ, खुशीमान गुरुङ, राजकुमारी परियार र उदयकुमार नेपाली निर्वाचित भएका छन् ।
सल्यान कांग्रेसको सभापतिमा विष्ट विजयी, पुरी पाँच मतले पराजित
नेपाली कांग्रेस सल्यानको सभापतिमा केशबहादुर विष्ट निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी ध्रुबराज पुरीलाई ५ मतले पराजित गर्दै विष्ट विजयी हुनुभएको हो ।
उपसभापतिमा चक्रबहादुर देवकोटाले ५९७ र सन्तोष केसीले ६२८ मत प्राप्त गरेर विजयी हुनुभयो । सचिवमा प्रकाश भण्डारी र एकराज बुढाथोकी विजयी हुनुभयो भने सहसचिव पदका लागि भएको मतदानबाट जनकराज गौतम र पदमबहादुर बुढाथोकी । अन्य पदहरुमा भने सहमति भएको थियो ।
भोजपुरको सभापतिमा विनोद बान्तवा निर्वाचित
नेपाली कांग्रेस भोजपुरको सभापतिमा विनोद बान्तवा निर्वाचित हुनुभएको छ । पार्टीको चौधौँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उहाँले ४१५ मत ल्याउनुभयो ।
बान्तवाका प्रमुख प्रतिस्पर्धी नन्दमणी राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याउनुभएको थियो । तीनै जनाले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउनेबीच पुनः निर्वाचन हुने अवस्था थियो तर निर्वाचनमा नगएर सहमतिका आधारमा बान्तवालाई नै सभापति बनाइएको हो ।
रूपन्देहीमा क-कसले जिते ?
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रूपन्देही क्षेत्र नम्बर १ मा भएको निर्वाचनबाट हीरा केसीको प्यानल नै विजयी भएको छ।
सभापति शेरबहादुर देउवा समूहका केसी देवदह नगरपालिकाका मेयर हुनुहुन्छ । उहाँ यसअघि पनि क्षेत्रीय सभापति हुनुहुन्थ्यो।
क्षेत्र नम्बर १ मा देउवा समूहबाट केसी र पौडेल समूहबाट विश्वनाथ यादवले प्यानल बनाएर निर्वाचनमा लडेका थिए ।दुईवटा सचिव पदमा पनि केसी प्यानलकै बैजनाथ साहनी र बिजय गुरुङ बिजयी भएका छन्।
सहसचिवमा पनि केसी प्यानलकै नरबहादुर थापा र मोहम्मद रजा पठानसँगै सबै क्षेत्रीय सदस्यहरु बिजयी भएका छन्।
क्षेत्र नम्बर ३ मा दुई समूहबीच विवाद भएको थियो। सोमबार मतदान स्थगित भएकोमा आज मतदान गर्ने कार्यक्रम छ। सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद भएको थियो।
क्षेत्र नम्बर २ को मतपरिणाम भने आइसकेको छैन।
क्षेत्र नम्बर ४ मा मुकेश यादव र ५ मा बसिउल्लाह मुसलमान सभापतिमा सर्वसम्मत चयन भएका छन्। उनीहरू महामन्त्री शशांक कोइराला निकट छन्।
पाल्पा २ सभापतिमा मुक्तिराम जिसी विजयी, महाधिवेशन प्रतिनिधिमा को(को ?
नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा मुक्तिराम जिसी विजयी भएका हुनुभएको छ । उहाँले ४ सय ६० मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी यादवसिंह कार्कीले २ सय १४ मत ।
त्यस्तै सचिबमा कृष्णबहादुर आले र टंकनाथ न्यौपाने, सहसचिबमा झपेन्द्र पचभौवा र मानसिंह कुँवर विजयी भएका छन् । अन्य पदाधिकारी भने निर्विरोध निर्वाचित हुनुभएको छ ।
यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्लातर्फ वीर बहादुर राना ५४४, हिमालदत्त श्रेष्ठ ५२३, कृष्ण प्रसाद बस्याल ४९०, झपेन्द्र गैरे ४८७, मेजरसिंह केसी ४७३, लालकुमारी राना ४३८, शंकर रायमाझी ४३०, विधान प्रसाद श्रेष्ठ ४२४, यमलाल तिमिल्सिना ४२१, रामेश्वर पन्थी ३४४, राम कार्की ५१४, सुनिता अधिकारी ४९८, शान्ता बोहोरा ४८६, धनकला गाहा ४५३ मतका साथ विजयी हुनुभएको छ ।
त्यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधितर्फ नै आदीबासी जनजाती खुल्लातर्फ राजेन्द्र गोपाल सिंह ५०६, कृष्ण बहादुर राना ४९०, नल बहादुर राना मगर ४८५ मतका साथ विजयी हुनुभएका ेछ । यता दलिततर्फ लक्ष्मण हिताङ ४३७ मत सहित विजयी हुनुभएको छ ।
विनोद चौधरी महाधिवेशन प्रतिनिधि निर्वाचित
नेपाली कांग्रेसका सांसद विनोद चौधरी सर्वसम्मतिले पार्टीको महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ।
नवलपुरमा सुरू भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चौधरी महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो।
कांग्रेस ललितपुर क्षेत्र नम्बर १ सभापतिमा सुन्दरमान थिङ विजयी
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नं १ सभापतिमा सुन्दर मान थिङ निर्वाचित हुनुभएको छ । थिङले ३५२ र प्रतिस्पर्धी रामकृष्ण लामा ९इन्द्र०ले २४६ मत पाउनुभयो ।
सचिवमा मथुरा प्रसाद शर्मा र शेखर न्यौपाने बिजयी भए । शर्माले ४१७ मत र न्यौपानेले ३९० मत पाउनुभयो ।
सहसचिवमा बिजय कुमार लोले ३९७ मत र मनोहर सिलवालले ३७७ प्राप्त गरी विजयी हुनुभयो ।
त्यस्तै सोही क्षेत्रबाट पूर्वराज्यमन्त्री उदयशमशेर राणा, मीनकृष्ण महर्जन र मथुराप्रसाद घिमिरे पनि महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ ।
प्रकाशमानको छोरा पनि महाधिवेशन प्रतिनिधि
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको छोरा प्रभाशमान सिंह पनि पार्टी राजनीतिमा सक्रिय हुनुभएको छ।
उहाँ काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत हुनुभएको हो।
प्रभाशमान र कांग्रेस नेता सिर्जना सिंह पनि सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि हुनुभएको छ।
२६ जनामध्ये ८ जना महाधिवेशन प्रतिनिधि भने सर्वसम्मत चयन हुनुभएको हो ।
कञ्चनपुर–३ को सभापतिमा चन्द विजयी
नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को सभापतिमा केशबहादुर चन्द निर्वाचित हुनुभएको छ । आज बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार चन्द ३३० मत प्राप्त गर्दै सभापतिमा विजयी हुनुभएको हो ।
उहाँका निकटमप्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।त्यसैगरी सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट तथा सहसचिवमा अर्जुन भट्ट र खड्कबहादुर बस्नेत निर्वाचित हुनुभएको छ । सचिव निर्वाचित जोशीले ३०७ र भट्टले ३०१ तथा सहसचिवमा भट्टले ३४६ र बस्नेतले ३१९ मत प्राप्त गरेका छन् । सोमबार भएको मतदानमा निर्वाचन क्षेत्र नं ३ मा कूल ५६२ मत खसेको समितिले जनाएको छ ।
क्षेत्र नं ३ मा कांग्रेस नेता रमेश लेखकको प्यालन विजयी भएको हो ।
ललितपुर–३ मा खुलातर्फ तरुण दलका अध्यक्ष बस्नेतसहित ११ जना चयन
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ। उहाँले महाधिवेशन प्रतिनिधिमा खुलातर्फ २ सय ६८ मत ल्याएर विजयी बन्नुभयो ।
ललितपुर–३ बाट खुलातर्फ अन्यमा उत्तम जोशी, जीतनारायण श्रेष्ठ, टंकनाथ पौडेल, राजेश्वर खनाल, केशव महर्जन, मिलनबाबु श्रेष्ठ, राजकुमार राजभण्डारी, देवेन्द्र गुरुङ, ईश्वरी लौडारी र प्रकाश अधिकारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
स्याङ्जाका कार्यवाहक सभापति पराजित
नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार राना महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ।
स्याङ्जा १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधि उम्मेद्वार बनेका राना चुनावमा पराजित हुनुभयो।
स्याङ्जा १ बाट २५ महाधिवेशन प्रतिनिधि चयन हुँदा सभापति शेरबहादुर देउवा प्यानलबाट १ जना भूमिबहादुर गुरुङ ‘विश्व’ मात्रै महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभयो । गुरुङ कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्छ ।
भोजपुर कांग्रेसको सभापतिमा बान्तवा
नेपाली कांग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तावा निर्वाचित हुनुभएको छ । पार्टीको चौधौँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उहाँले ४१५ मत ल्याउनुभएको थियो ।
वान्तावाका प्रमुख प्रतिपक्षी नन्दमणी राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याउनुभएको थियो ।तीनै जनाले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउनेबीच पुनः निर्वाचन हुने अवस्था थियो तर निर्वाचनमा नगएर सहमतिका आधारमा बान्तावालाई नै सभापति बनाइएको कांग्रेसका एक नेताले बताउनुभयो । जम्मा एक हजार २२७ मतमा एक हजार १६७ मत सदर भएको र ६० मत बदर भएको थियो ।
कांग्रेस ललितपुर क्षेत्र नम्बर १ सभापतिमा सुन्दरमान थिङ विजयी
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नं १ सभापतिमा सुन्दर मान थिङ निर्वाचित हुनुभएको छ । थिङले ३५२ र उनका प्रतिद्वन्द्वी रामकृष्ण लामा ९इन्द्र०ले २४६ मत पाउनुभयो ।
सचिवमा मथुरा प्रसाद शर्मा र शेखर न्यौपाने बिजयी हुनुभयो । शर्माले ४१७ मत र न्यौपानेले ३९० मत पाए भने पराजित उम्मेदवार राजकुमार चौलागाईले १९९ र कृष्णकुमार थापाले १५९ मत पाउनुभयो ।
सहसचिवमा बिजय कुमार लोले ३९७ मत र मनोहर सिलवालले ३७७ प्राप्त गरी विजयी हुनुभयो भने पराजित उम्मेदवार प्रकाश तिमल्सिनाले १९६ मत बद्री प्रसाद ढोडारीले १८८ मत पाउनुभयो ।
सोही क्षेत्रबाट ललितपुर जिल्ला सभापतिका प्रत्यासी मीनकृष्ण महर्जन र मथुराप्रसाद घिमिरे र पूर्वराज्यमन्त्री उदयशमशेर राणा पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
काठमाडौं ५ मा श्याम खड्का निर्वाचित
प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ मा श्याम खड्का निर्वाचित हुनुभएको छ ।सो क्षेत्रमा संस्थापन इतर समूहबाट उम्मेदवार बनेका रमेश खड्का भने पराजित हुनुभयो।
यसैगरी सो क्षेत्रमा सचिव पदमा रजनी थापा र पन्चुकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
काठमाडौं ८ मा राजेश क्षेत्रीय सभापति, यी हुन् महाधिवेशन प्रतिनिधिहरु
नेपाली कांग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ मा राजेश श्रेष्ठ निर्वाचित हुनुभएको छ।
सोमबार राति सम्पन्न मतदानमा श्रेष्ठले तेविन्द्र शाक्य पराजीत गर्दै ११९ मत ल्याउनुभयो ।
क्षेत्रीय सचिवका लागि भएको निर्वाचनमा पनि श्रेष्ठ प्यालनकै पुष्करराज पाण्डे र शंकर पुडासैनीले क्रमस १३९ र ९८ मत प्राप्त गर्दै विजयी बन्नुभयो ।
कार्यसमिति सदस्यमा भने राज्यराज वंत ,उज्वल पनेरु निर्विरोध विजयी भएका छन् । त्यस्तै कार्यसमिति सदस्यमा नै कन्चना नेपाली, केदारमान सिंह, गौतम शाक्य, बालमुकुन्द श्रेष्ठ, देउका केसी ,भगवत्ती थपलिया, रत्नकेशरी खड्गी, सुभेष झा, मिनबहादुर चौहान, राजेन्द्रगोपाल तण्डुकार र सन्जेशमान डंगोल निर्वाचित हुनुभएको छ ।
त्यस्तै महाधिवेशन खुला पुरुषतर्फको प्रतिनिधिमा क्रमशः किरणकृष्ण जोशी, विजयगोपाल श्रेष्ठ, केदार मानन्धर, देवरत्न डंगोल, बुद्धिमान बलामी, रविन्द्रलाल श्रेष्ठ, राजेन्द्रराम श्रेष्ठ, लक्ष्मीनारायण मानन्धर, रोमल श्रेष्ठ र धर्मरत्न पाछ निर्वाचित हुनुभएको छ ।
यसैगरी खसआर्य पुरुषतर्फका प्रतिनिधिमा क्रमस राजुराज जोशी, माहनबहादुर बस्नेत र गोविन्द पाण्डे निर्वाचित हुनुभयो । यस्तै खुला महिलातर्फको प्रतिनिधिमा सपना राजभण्डारी जोशी, राज्यलक्ष्मी श्रेष्ठ, सरिता श्रेष्ठ, लक्ष्मी पाण्डे विजयी हुनुभएको छ।
आदिवासी जनजाति महिला तर्फ छोरी डंगोल र कृष्णा अमात्य निर्वाचित हुनुभयो । यसैगरी दलित प्रतिनिधिमा महेश नेपाली निर्वाचित हुनुभयो भने अपांगतातर्फ विष्णुलाल, खसआर्य महिलातर्फ शोभा जोशी, जनजाति पुरुषतर्फ सुदर्शनमान सिंह, मुस्लिमतर्फ हरुण रसिद, खसआर्य महिलातर्फ अलिना बस्नेत र जनजाती पुरुषतर्फ प्रचण्डदेव मानन्धर निर्विरोध निर्वाचित हुनुभएको छ ।
काठमाडौं ४ मा श्याम संगत सर्वसम्मत
नेपाली कांग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ४ मा श्याम संगत सर्वसम्मत सभापति निर्वाचित हुनुभएको छ ।
यसअघि भएका १३ जिल्लाको अवस्था
अधिवेशन सम्पन्न भएका १३ जिल्लाहरू ताप्लेजुङ, सङ्खुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, कालिकोट, मुगु, हुम्ला, बझाङ र बाजुरामध्ये ७ जिल्लामा सभापति देउवा निकट आएका छन् । बाँकी छ जिल्लामा संस्थापन इतर पक्षका सभापति चुनिएका छन् ।
ताप्लेजुङका गजेन्द्र तुम्याहाङ्, मनाङका शङ्कर गुरुङ, रुकुम पूर्वका केशरमान रोका, हुम्लाका मोहनविक्रम शाही, रामेछापका कान्छाराम तामाङ, मुगुका ऐनबहादुर शाही र बझाङका खड्ग बोहरा संस्थापन पक्षका हुनुहुन्छ। गोरखाका सभापति नन्दप्रसाद न्यौपाने, दोलखाका बर्मा लामा, कालिकोटका अम्मरबहादुर शाही, सङ्खुवासभाका दीपक खड्का, बाजुराका रामसिंह रावल र मुस्ताङका रोमी गौचन संस्थापन इतर समूहका हुनुहुन्छ।
अधिवेशन भएको सुदुरपश्चिमको हिमाली जिल्ला बाजुरामा सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशाङ्क कोइराला समूह र अर्का नेता कृष्णप्रसाद सिटौलाको समूहले पछि पार्योा। पौडेल(कोइराला र सिटौला समूहले संयुक्त रूपमा देउवा समूहलाई टक्कर दिँदा रामसिंह रावल सभापति मात्र भएनन् महाधिवेशन प्रतिनिधि पनि आफ्नो पक्षमा धेरै पार्नुभयो ।
बझाङमा पार्टी सभापति देउवा निकट निर्वाचित भए पनि महाधिवेशन प्रतिनिधि भने बराबरीमै चित्त बुझाउनु परेको छ। बझाङमा देउवा निकट १२ जना महाधिवेशन प्रतिनिधि चुनिदा १२ जना देउवा इतरका आएका छन् ।
हुम्ला र मुगुमा देउवा निकट पार्टी सभापति भएका छन् भने कालिकोटमा पौडेल कोइराला निकट सभापति भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा पनि कर्णालीमा देउवा पक्ष नै बलियो देखिएको छ। हुम्लामा सभापतिसहित २६ जना महाधिवेशन प्रतिनिधि सबै देउवा पक्षबाटै चुनिएका छन् ।
केन्द्रीय सदस्य जीवनबहादुर शाहीको प्रभावकै कारण हुम्लामा देउवाले एकलौटी मत पाउने भएका छन्। मुगुमा पनि देउवा निकट सभापति चुनिदा १७ जना महाधिवेशन प्रतिनिधि पनि देउवालाई मत हाल्ने गरि आएका छन्। मुगुमा देउवा इतर समूहबाट जम्मा ८ जना मात्र महाधिवेशन प्रतिनिधि चुनिएका छन्। कालिकोटमा भने पार्टी सभापतिमा पौडेल सिटौला पक्षले सर्वसम्मत सभापति पाउने नाममा महाधिवेशन प्रतिनिधि भने देउवा समूहलाई बढी दिएको छ।
रुकुम पूर्वमा आइपुग्दा पनि देउवाको प्रभाव राम्रै देखिएको छ। रुकुम पूर्वको सदरमुकाम बनाउँदा नवनिर्वाचित सभापति केशरमान रोकाले तत्कालीन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा निकट हुनुहुन्छ ।
हिमाल पारीको जिल्ला मुस्ताङ र मनाङमा भने अलि फरक अवस्था छ। मुस्ताङमा पूर्व मन्त्रीसमेत रहेका रोमी गौचन थकाली निर्विरोध सभापति हुनुभएको छ । भने मनाङमा सभापति देउवा निकट पार्टी सभापति हुनुभएको छ ।
गोर्खामा नन्दु न्यौपाने पार्टी सभापति हुनुभएको छ । उहाँले महाधिवेशन प्रतिनिधिमा पाएको मत पछि सर्वसम्मत हुने वातावरण बनेको थियो।
दोलखामा देउवा निकट सभापतिका प्रत्यासीलाई पराजित गर्दै बर्मा लामा सभापति बन्नुभयो भने रामेछापमा देउवा निकट कान्छाराम तामाङ सभापतिमा निर्वाचितहुनुभयो।
ताप्लेजुङमा देउवा निकट सभापति चुनिदा महाधिवेशन प्रतिनिधिहरू पनि देउवा निकट नै धेरै आएका छन्।


















