हरारे(जिम्बाबे), २० फागुन । जिम्बाबेको राजधानी हरारेको क्विन्स स्पोर्टस क्लबको क्रिकेट मैदानमा भएको विश्व कप छनौटको पहिलो खेलमा नेपाललाई जिम्बाबेले घरेलु मैदानमा ३ सय ८१ रनको विशाल लक्ष्य दिएको छ ।
विश्व कप खेल्ने आकांंक्षाका दृष्टिले यो लक्ष्य त्यति असंभव भने छैन् ।
आफूले नै पहिलो चरणमा पराजित गरेको यूएईले पनि डिभिजन २ को उपाधिको लागि भएको खेलमा नेपाललाई २ सय ७८ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य प्राप्तिमा नेपाल ७ रनले मात्र पछाडि रह्यो । यो विश्व कपको छनोट चरण हो त्यसभन्दा एक तह माथि ।
अभ्यास खेलमा यूएईलाई पराजित गरेको नेपालले जिम्बाबेलाई पराजित गर्न नसक्ने कुरा छैन ।
टस जितेर ब्याटिंग गरेको घरेलु टिमले पुरै ५० ओभरमा मात्र ६ विकेट गुमाएर ३८० रनको योगफल तयार गरेको हो।
क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा टस जितेर ब्याटिंग गरेको जिम्बाबेले आक्रामक सुरुवात गर्यो। पहिलो विकेटको लागि ओपनर केफास झुवावो सोलोमोन मिरेले ७ ओभरमै ७७ रनको साझेदारी गरे। सन्दिप लामिछानेले आठौँ ओभरको पहिलो बलमा झुवावोलाई ४१ रनको व्यक्तिगत स्कोरमा एलबिडब्लु धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। झुवावोले मात्र २३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
पहिलो विकेट गुमेपछि सोलोमोन मिरे र ह्यामिल्टन मासाकाट्जाले दोश्रो विकेटको लागि ३१ रनको साझेदारी गरे जुन बसन्त रेग्मीले तोडे। मासाकाट्जालाई १७ रनको स्कोरमा बसन्त रेग्मीले आफ्नै बलमा आफैले क्याच आउट गरे। मासाकाट्जाको विकेट लगतै ओपनर मिरेलाई पनि १५ औं ओभरमा बसन्तले विकेट किपर दिलिप नाथबाट स्टम्प आउट गराए। अर्धशतक बनाएका मिरेले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
तेश्रो विकेट गुमेपछि ब्याटिंग गर्न आएका ब्रेण्डन टेलर र क्रेग इर्भिनले चौथो विकेटको लागि ८७ रनको साझेदारी गर्दै टिमको स्कोर २०० पुर्याए। इर्भिनलाई नेपालको लागि पहिलो खेल खेलीरहेका ललित राजबंशीले विकेट किपर दिलिपको हातबाट क्याच आउट गराउदै रास्ट्रिय टिमको लागि विकेटको खाता खोलेका थिए।
इर्भिनको विकेट पछि टेलर र सिकन्दर राजाले उत्कृस्ट ब्याटिंग गर्दै टिमको स्कोर ३५० पार गराए।
पाँचौ विकेटको लागि राजा र टेलरले १७३ रनको बिशाल साझेदारी गरेपछि ४९ औं ओभरमा सोमपाल कामिले लगातार बलमा राजा र टेलरको विकेट लिएपनि गर्नु विध्वंश दुवै ब्याट्सम्यानले गरिसकेका थिए।
टेलरले १०० रनको इनिंग खेल्ने क्रममा ९१ बलमा ७ चौका र १ छक्का प्रहार गरे भने राजाले १२३ रन बनाउन मात्र ६६ बलमा ९ छक्का र ७ चौका प्रहार गर्दै नेपाली बलरहरुलाई निराश बनाए।
नेपालको लागि बसन्त रेग्मी र सोमपाल कामिले समान २र२ विकेट हात पारे भने सन्दिप लामिछाने र ललित राजबंशीले पनि १र१ विकेट दिलाए। सोमपालले ८ ओभरमा ८२ रन खर्चिए भने रेग्मीले १० ओभरमा १ मेडन ओभर फाल्दै ६९ रन खर्चिए। सन्दिपले ९ ओभर ६४ रन तथा ललितले १० ओभरमा ६२ रन दिए। महँगो साबित भएका पारस खड्काले ५ ओभरमा ५७ रन खर्चिए।