Prakash Adhikari December 8, 2021

 

काठमाडौं, २२ मंंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन आउन दुई दिन बाँकी छ ।

महाधिवेशन मंसिर २४ देखि २६सम्म राजधानी काठमाडौंमा हुँदैछ ।

महाधिवेशनको तिथि नजिकिँदै गर्दा नेपाली कांग्रेसका संस्थापन र इतर समूह आआफ्ना उम्मेदवारी तय गर्न सक्रिय भएका छन्।
दुवै पक्षले पार्टीलाई आगामी कार्यकाल हाँक्ने समूह चयन गर्न आज एकै समय समूहको बैठक राखेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले बिहान ९ बजे आफ्नै निजी निवास (बूढानीलकण्ठ)मा आफूपक्षीय नेताहरूको बैठक राख्नु भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलल पनि आफ्ना तर्फबाट सभापति पदको साझा उम्मेदवार तय गर्न साढे ९ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आफूपक्षीय बैठक राख्दै हुनुहुन्छ।

पौडेल पक्षले सभापतिको उम्मेदवार टुंगो लगाउन प्रकाशमान सिंहको निवासमा गरेको मंगलबारको बैठक सहमति जुटाउन असमर्थ रहेको थिया। पौडेलमा रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंह सभापति पदका दाबेदार छन्। यसमध्ये शशांक कोइरालाले पौडेलको पक्षमा आफूले समर्थन गर्ने संकेत दिनुभएको छ ।

डा. शेखर र प्रकाशमानले भने अन्तिमसम्म नछोड्ने संकेत दिनुभएको छ । मगलबार सहमति नजुटेकोले डा. शेखर कोइरालाले आज बस्ने बैठकमा आफू नआउने बरु चुनावको तयारीमा लाग्ने संकेत दिनुभएको थियो। प्रकाशमान सिंहले पनि त्यहि संकेत गर्नुभएको थियो ।

पौडेल समूहका सभापतिका आकांक्षीमध्ये रामचन्द्र पौडेलले र उहाँका समर्थक काठमाडौं उपत्यका र आसपासका कांग्रेसका वर्तमान तथा निवर्तमान जिल्ला सभापति तथा क्षेत्रीय सभापतिको सहभागितामा उम्मेद्वारीको निर्णय गनसक्ने संभावना रहेको छ ।

उता संस्थापन पक्षतर्फ पनि सभापति पदको उम्मेदवारीमा देउवासँगै उपसभापति विमलेन्द्र निधिले पनि दाबी गरिरहेका छन् भने अन्य पदका आकांक्षीको संख्या पनि धेरै छ।

आजको बैठकले सभापति देउवालाई सभापतिमा पुन उठाउने निर्णय गर्न सक्ने छ । बाँकी पदाधिकारीमा आकांक्षी धेरै भएकोले आउने बैठकबाट निर्णय हुनसक्ने बताइन्छ ।

Share Now

Leave a comment.