काठमाडौं, ७ पौष। शेयर बजार केहि समय पहिले जुन गतिमा ओरालो लागिरहेको थियो, त्यही गतिमा उकालो चढ्न थालेको छ ।
बुधबार शेयर बजार परिसूचक ९२.१६ अंकले बढेर बजार २५०७ ७० अंकमा पुगेको छ ।
बजार परिसूचक मंगलबार ५६.७३ अंकले बढेको थियो । मंगलबारको बजार परिसूचकको आधारमा यो यो ३.८२ प्रतिशतको वृद्धि हो ।
बुधबार कुल २ सय ३३ कम्पनीको ८१ लाख ४ हजार ३ सय १९ कित्ता शेयरको खरिद बिक्रिबाटट ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १ सय ४३ रुपैयाँको कारोबार भएको छ ।
बुधबार नेपाल स्टक एक्सचेञ्जले कायम गरेका सबै १३ समूहकापरिसूचकमा वृद्धि भएको छ । सबैभन्दा बढी व्यापार उपसमूहका लगानीकर्ताले कमाएका छन् ।
बुधबार करिब एक दर्जन कम्पनीको सर्किट लेबलमा कारोबार भएको छ । सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, माथिल्लो तामाकोशी, स्वाभिमान माइक्रोफाइनान्स, शिखर इन्स्योरेन्स, आरएसडीसी माइक्रो फाइनान्स, हिमालयन डिष्टिलरी, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, युनियन लाईफ इन्स्योरेन्स र शिवम सिमेन्टको शेयर मूल्य १० प्रतिशतको रेञ्जमा बढेको छ ।
यस दिन हिमालयन डिष्टिलरी,अपर तामाकोशी, अरुण भ्याली हाइड्रोपावर,नबिल बैंक,अपीे पावर, नेशनल हाइड्रो पावर,जलविद्युत लगानी तथा विकास कम्पनी र अरुण काबेली पावर लिमिटेड र महालक्ष्मी विकास बैंकको अधिक रकमको कारोबार भएको छ।


















