काठमाडौं, १३ पौष । मंगलबार शेयर बजार परिसूचक झिनो अंकले घटेको छ भने कारोबार रकम पनि घट्न पुगेको छ ।
यस दिन नेप्से सूचक २.६६ अंकले घटेर २५१८.९९ बिन्दुमा झरेको छ। अघिल्लो दिन सोमबार नेप्से सूचक ६९ अंकले घटेको थियो।
सोमबार साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम घटेर ३ अर्ब रुपैयाँमा झरेको छ। यस दिन ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६ सय ३१ रुपैयाँ बराबरको ५८ लाख २८ हजार ७८३ कित्ता शेयरको कारोबार भएको छ।
मंगलबार मध्य भोटेकोशी शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने नेपाल हाइड्रो डेभलपर्सको ५.३६ प्रतिशत, जानकी फाइनान्सको ४.८५ प्रतिशत, गुडविल फाइनान्सको ४.२८ प्रतिशत ४.२८ प्रतिशतले बढेको छ।
मंगलबार गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने सामलिङ्ग पावरको ६.०४ प्रतिशत, मैलुङ खोला जलविद्युतको ४.८८ प्रतिशत र युनाइटेड इदि मर्दी हाइड्रोपावरको ४.८८ प्रतिशतले घटेको छ।
यस दिन हिमालयन डिस्टीलरीको सबैभन्दा धेरै २६ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नबिल बैंकको २५ करोड ३७ लाख, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ८४ लाख र मञ्जुश्री फइनान्सको १२ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमा ६ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ७ उपसमूहको सूचक नकारात्मक देखिएको छ।


















